क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ।

आइतबार सम्पन्न खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १०७ रनले पराजित गरेको हो।

क्रिकेट एक्सिलेन्सले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले २६.५ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको हो।

ग्रेट हिमालयका ईशान पाण्डेले सर्वाधिक अविजित १०७ रन बनाए। तर, टोलीलाई पर्याप्त रहेन। रितेश आग्रीले २६ रनको योगदान दिए।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको क्रिकेट एक्सिलेन्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २६१ रन बनाएको थियो।

ऋतले सर्वाधिक ११३ रन बनाए। विरेन्द्र धनाडी ६७ र पृथु बास्कोटा ४१ रनमा आउट भए। ग्रेट हिमालयका ईशानले सर्वाधिक चार विकेट लिए। किरण बूढामगरले तीन विकेट लिँदा दर्शिल विष्टको नाममा एक विकेट रह्यो।

प्रतियोगिताको प्लेयर अफ द म्याच ईशान भए। उत्कृष्ट ब्याटर महावीरका सोनु देवकोटा र उत्कृष्ट बलर न्यु भिजन क्लबका मनसुन सिंह घोषित भए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]