नेपालले पायाे १७८ रनकाे लक्ष्य

२०८२ श्रावण ३१, शुक्रबार १५:५८

काठमाडाैँ। अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकबाट १७८ रनकाे लक्ष्य पाएकाे छ।

नर्दर्नले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएपछि नेपालले १७८ रनकाे लक्ष्य पाएकाे हाे।

खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए।

सहाब आलमले दुई विकेट हात पारे। रुपेशुकमार सिंह, दीपेन्द्रसिंह एैरी र कप्तान रोहित पौडेलले एक विकेट लिए।

यस्तै नर्दर्न टेरिटोरीका डार्सी सर्टले अर्धशतकीय पारी खेले। उनलाई ३४ बलमा ५१ रन बनाएपछि सन्दीपले बाेल्ड आउट गरे। थोम एन्ड्रयुले अविजित ३३, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy