आरिफलाई म्याच ‘फि’ को ५० प्रतिशत जरिवाना

  • विकेटनेपाल, पौष १३ – बिहिबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीएटर्स र ललितपुर प्याट्रीयट्स बिचको दोश्रो क्वालिफायर खेलमा भैरहवाका खेलाडी आरिफ शेखलाई म्याच रेफ्रीले जरिवाना सजाय सुनाएका छन् ।

आज सम्पन्न खेलमा अम्पाएरले दिएको निर्णयलाई अस्वीकार गर्दै आरिफले अम्पाएरप्रति लक्षित गर्दै खराब ब्यबहार देखाएपछि म्याच रेफ्री मोहम्मद शाफिकले म्याच फिको ५० प्रतिशत जरिवाना तोकेका हुन्।

स्पिनर ललित राजबंशीले गरेको १३ औं ओभरको तेस्रो बलमा लेग साइडमा फ्लिक गर्दै १ रन लिन खोज्दा बल कभरको दिशातर्फ गएको थियो। अम्पाएरले एलबिडब्लु आउट दिएपछी आरिफले अम्पायरतर्फ हेर्दै आक्रोश ब्यक्त गरेका थिए भने लगत्तै ब्याटले जमिनमा हानेका थिए र अम्पायरले विकेटको इशारा गरेपछि मैदान छोड्न ढिला गरेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको कोड अफ कन्डक्ट २.२.५ अनुसार अम्पायरको निर्णय प्रति गम्भीर मतभेद देखाउन पाइदैन। अम्पायर प्रति लक्षित रहँदै रिस देखाउदा, विकेट गुमेपछि बाहिर जान ढिला गर्दा म्याच रेफ्रीले कारबाही गर्न सक्छ।

आरिफ शेखले पनि आफुले गल्ती गरेको स्वीकारी सकेका छन् ।

इपिएलले जारि गरेको विज्ञप्ति

आरिफ ६ बलमा ६ रन बनाएर आउट हुँदा भैरहवाले १२.३ ओभरमा ७४ रन बनाउदै ४ विकेट गुमाईसकेको थियो । फाइनलमा स्थान बनाउन भैरहवाले ललितपुरले दिएको १३३ रनको लक्ष्य पछ्याउदै थियो । अन्त्यमा खेल भैरहवाले जित्यो र फाइनलमा बिराटनगर वारियर्ससँगको भेट पक्का गर्यो ।

यस अघि पनि भैरहवाकै खेलाडी रोहित पौडेलले अम्पायर प्रति यस्तै ब्यबहार गरेको कारण म्याच ‘फि’ को १० प्रतिशत जरिवाना भोगेका थिए।बुधबार भएको ललितपुर प्याट्रीयट्ससंगको खेलमा अम्पाएरले दिएको निर्णयलाई अस्वीकार गर्दै अम्पाएरप्रति लक्षित गर्दै खराब ब्यबहार देखाएको कारण उनलाई खेलका म्याच रेफ्री मनोहर अधिकारीले म्याच फिको १० प्रतिशत जरिवाना तोकेका थिए।  पुरा पढ्नुस 

कति हुन्छ जरिवाना रकम ? 

खेलाडीले अक्सनमा पाएको मूल्यलाई लिगमा खेलेको कुल खेलले भाग लगाएपछि आउने रकम म्याच ‘फि’ गनिन्छ। त्यस अनुसार आरिफ शेख अक्सनमा सबैभन्दा महँगो रकम १ लाख ७५ हजारमा बिकेका थिए।

१,७५,०००/५ =  ३५,००० । ३५,००० को ५० प्रतिशत = १७,५०० 

आरिफले जरिवाना बापत १७ हजार ५०० रुपैयाँ तिर्नु पर्नेछ।

 

(फोटो श्रोत – भैरहवा ग्लाडीएटर्स फेसबुक )





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]