यु-१९ अभ्यास खेल : आसिफले उत्कृस्ट ब्याटिंग गर्दा नेपालद्वारा २४१ रनको लक्ष्य प्रस्तुत

Aasif Sheikh

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कप प्रतियोगिताको तयारी स्वरुप नेपालले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलंकन क्लब सिन्हालिजसंग पहिलो अभ्यास खेल खेलीरहेको छ।

कोलोम्बोमा जारि खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २४० रनको योगफल तयार गरेको छ। वर्षाले आउटफिल्ड भिजेका कारण निर्धारित समय भन्दा डेढ घण्टा खेल सुरु हुँदा खेल ४२ ओभरको हुँदैछ।

पहिले ब्याटिंग गरेको नेपालले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि पवन सर्राफ र रित गौतले अर्धशतकीय साझेदारी गरे।  ५८ रनको योगफलमा १३ औं ओभरमा पवन ३० रन बनाएर आउट भएपछि भने नेपालले लगातार विकेट गुमाउन पुग्यो। रित गौतम ३१ , लोकेश बम १ तथा कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भए।

५८/१ को अवस्थाबाट ९६/४ पुगेको नेपाली टिमलाई तेश्रो नम्बरमा ब्याटिंग गरेका आसिफ शेखले धैर्यतापुर्वक ब्याटिंग गर्दै अघि बढाए। यस क्रममा उनलाई सन्दिप जोराले साथ दिए। जोरा ३३ रन बनाएर आउट भएपछि हरि चौहानसंग आसिफले अर्धशतकीय साझेदारी गरे र व्यक्तिगत अर्धशतक पनि पुरा गरे।

रित गौतम र पवन सर्राफले अर्धशतकीय ओपनिङ्ग साझेदारी गरे

इनिंगको अन्तिममा आक्रामक ब्याटिंग गरेका आसिफ ठुलो सट खेल्ने चक्करमा ४० औं ओभरमा लंग अनमा क्याच आउट हुन पुगे। आसिफले ८८ रन बनाएर लामो समय देखिको रनको खडेरी तोड्दै फर्ममा फर्केको संकेत गरे।

कुशल मल्ल १० रन बनाएर आउट भए। अन्तिममा भिम शार्कीले अविजित १५ तथा हरि बहादुर चौहानले अविजित १५ रन बनाएपछि नेपालले राम्रो योगफल बनाउन सक्यो।

यो पनि पढ्नुस – नेपाली यु-१९ टिमका ब्याटिंग कन्सल्टेन्ट देसाईलाई पितृ शोक

नेपालले श्रीलंका टुर अन्तर्गत ३ वटा अभ्यास खेल खेल्नेछ। मंगलबार सिन्हालिज स्पोर्ट्स क्लबसंग अभ्यास खेल पछि बिहिबार ( अगस्ट २९ ) नेपालले बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ। यस्तै शुक्रबार ( अगस्ट ३० ) टिमले चीला मरियन्स क्लबसंग तेश्रो अभ्यास खेल खेल्नेछ। ३ वटा अभ्यास खेल खेलेपछि टिमले सेप्टेम्बर १ र २ मा नेट र फिल्डिंग अभ्यास गर्ने तालिका रहेको छ।

यु-१९ एसिया कपमा नेपालको खेल तालिका

प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे बिहान अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछ।

 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]