आसिफको विस्फोटक अर्धशतक, नेपाल बलियो स्थितिमा

aasif sheikh
  • विकेटनेपाल, कार्तिक १९

आसिफ शेखले आक्रामक अर्धशतक प्रहार गरेपछि बंगलादेश भ्रमण अन्तर्गत सिरिजको तेश्रो तथा अन्तिम खेलमा नेपाल बलियो स्थितिमा पुगेको छ ।

आसिफले मात्र ३५ बलमा ३ छक्का र ५ चौका मदतले १३ औं ओभरमा अर्धशतक प्रहार गरेका हुन्।

नेपालको स्कोर ताजा स्थितिमा १२.३ ओभरमा ७७/० रहेको छ।

नेपालको लागि अर्का ओपनर जितेन्द्र सिंह ठकुरीले अविजित २० रन बनाउदा ४१ बलमा २ चौका र १ छक्का प्रहार गरिसकेका छन्।

नेपाललाई जितको लागि बंगलादेश यु-१९ ले २२६ रनको लक्ष दिएको छ।

 

स्कोरकार्ड

 

यसअघि टस जितेर बंगलादेशले पहिले ब्याटिंग गरेको बंगलादेशले पुरै ५० ओभरमा ७ विकेट गुमाई २२५ रन बनाएको छ।

बंगलादेशको लागि चौथो नम्बरमा ब्याटिंग गरेका अमिनुल इस्लामले अविजित ८० रनको इनिंग खेलेका थिए। यस्तै मोहम्मद रकिबले ३९, पिनक घोषले २३ रनको योगदान दिए । इस्लामले ८७ बल खेल्दै ८ चौका प्रहार गरेका थिए ।

नेपालको लागि शाहब आलमले सर्बाधिक ३ विकेट तथा अनिल शाहले २ तथा कप्तान दिपेन्द्र ऐरीले १ विकेट हात पारे। सन्दिप लामिछाने भने विकेट बिहिन रहे।

स्कोरकार्ड

नेपालले यस अघि खेलेको २ वटा एकदिवसीयमा हार बेहोर्दै सिरिज २-० ले गुमाईसकेको छ।

८ टिम सहभागी हुने यु-१९ युथ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन्। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसीसी यु-१९ ( पश्चिम क्षेत्र ) को बिजेता टिम रहनेछ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसंग ११ नोभेम्बरमा खेल्ने छ। बंगलादेशसंगको खेल पछि नेपालले १२ नोभेम्बरमा भारतसंग दोश्रो खेल र १४ नोभेम्बरमा मलेसियासंग तेश्रो खेल खेल्ने कार्यक्रम रहेको छ।

समुह ‘ए’ र समुह ‘बि’ बाट समुह चरणको खेल पछि २/२ टिम सेमीफाइनल खेल्न छनौट हुनेछ। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा खेलिनेछ।

नेपालको पहिलो खेल किनाराओभल मैदानमा हुनेछ भने बाँकी २ वटा खेल बायुमास ओभल मैदानमा हुनेछ।

नेपाली टिम :- 

१. दिपेन्द्र ऐरी ( ब्याटिंग अलराउण्डर )
२. रोहती पौडेल  (  ब्याटिंग अलराउण्डर )
३. सन्दिप लामिछाने ( लेग स्पिनर )
४. सन्दिप सुनार  ( ब्याट्सम्यान )
५. प्रनित थापा मगर ( ब्याट्सम्यान )
६. अनिल कुमार शाह ( ब्याट्सम्यान )
७. पवन सर्राफ ( अफस्पिन अलराउण्डर )
८. मोहम्मद आसिफ शेख ( विकेटकिपर/ब्याट्सम्यान )
९. किशोर महतो ( तिब्र गति बलर )
१०. शाहब आलम ( देब्रे हाते स्पिनर )
११. प्रकास केसी ( विकेटकिपर/ब्याट्सम्यान )
१२. कमल सिंह ऐरी ( तिब्र गति बलर )
१३. भिम शार्की ( देब्रे हाते स्पिनर – अलराउण्डर )
१४. रासिद खान ( तिब्र गति बलर )
१५. जितेन्द्र सिंह  ( ब्याट्सम्यान )

वैकल्पिक खेलाडी 

१. सन्दिप जोरा , २. बिक्रम कुमार भुसाल , ३. अंकित सुबेदी, ४. विजय चौधरी

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]