आसिफ शेखको गुमेको स्वभाव

aasif sheikh

यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगितामा नेपाली टिमले सिंगापुरलाई पराजित गर्दै सकारात्मक सुरुवात गरेपनि प्रतियोगिता अघि देखिको चिन्ता भने कायमै रहेको छ l सिंगापुर पुग्नु अघि भारतमा ३ हफ्ते अभ्यास गरेको नेपाली युवा टिमको मुख्य चिन्ता बनेका ओपनर आसिफ शेखको ब्याट सिंगापुरमा पनि शान्त भएपछि ठुलो प्रतियोगितामा नेपालको चिन्ता उही छ l

गत बर्ष एभरेस्ट प्रिमियर लिगको फाइनल खेलमा आश्चर्यचकित बनाउने इनिंग खेलेपछि त्यसैको बलमा रास्ट्रिय क्रिकेट टिमसम्म स्थान बनाएका आसिफमा टिम, प्रशिक्षक, खेल पण्डितहरु र समर्थकहरुले गरेको आशालाई उनले अझै विश्वासमा परिणत गर्न सकेका छैनन् l

यु-१९ टिमले भारत भ्रमणमा खेलेको ५ खेलमा मात्र ५३ रन बनाउन सकेका आसिफको औषत मात्र १० भन्दा केहि माथिको थियो l सिंगापुरसंगको खेलमा मात्र ७४ रनको लक्ष पछ्याउदै गर्दा दोश्रो इनिंगमा दबाब कम थियो जसको फाइदा उठाउने राम्रो मौका उनले गुमाउन पुगे l ४ रन मात्रै बनाएर आउट हुँदै उनले पुनः नेपाली इनिंगको जग बनाउन सकेनन् l

यु-१९ बिश्वकपको तयारी अघि आसिफले प्रधानमन्त्री कपमा शशस्त्र प्रहरी बलको पनि ओपनिंग ब्याटिंग सम्हालेका थिए भने त्यो भन्दा अघि धनगढी प्रिमियर लिगमा पनि बिराटनगर किंग्सको लागि पनि पारिको सुरुवात गरेका थिए l दुवै प्रतियोगिताको उनको इनिंग विश्लेषण गर्दा पनि एकाध इनिंग बाहेक अपेक्षा अनुरुप ब्याटिंग देखाउन सकेनन् l

मार्चमा एसीसी इमर्जिंग टिम्स कपमा समेत नेपाली टिमको प्रतिनिधित्व गर्ने मौका पाएका दायाँ हाते ब्याट्सम्यान आसिफले त्यहाँ पूर्णत फ्लप प्रदर्शन गरेका थिए l

पछिल्लो १० खेलमा आसिफको ब्याटिंग

रन ( बल ) , ४/६ प्रतियोगिता
४ ( ५ ) , १/० यु-१९ बिश्वकप छनौट
१६ ( ३६ ) , १/० प्रधानमन्त्री कप
२२ ( ३२ ) , ४/० प्रधानमन्त्री कप
४० ( ४४ ) , ३/१ प्रधानमन्त्री कप
१९ ( ३४ ) , ३/० प्रधानमन्त्री कप
३ ( ५ ) , ०/० धनगढ़ी प्रिमियर लिग
३६ ( ४१ ) , ३/२ धनगढ़ी प्रिमियर लिग
६ ( ७ ) , १/० धनगढ़ी प्रिमियर लिग
० ( २ ) , ०/० धनगढ़ी प्रिमियर लिग
४६* ( ३७ ) ५/२ धनगढ़ी प्रिमियर लिग

 

एभरेस्ट प्रिमियर लिगको फाइनलमा निकै आक्रामक ब्याटिंग गरेका आसिफले त्यसपछि त्यो किसिमको आक्रामकता आफ्नो ब्याटिंगमा देखाउन सकेका छैनन् भने इनिंग विकास गर्न असमर्थ देखिदै आएका छन् l आसिफको स्वाभाविक ब्याटिंग आक्रमकता हो जुन कुरा ब्याटिंगमा देखाउन चुकीरहेका छन् l

उनको इनिंगहरु विश्लेषण गर्ने हो भने उनि १ रन-२ रन लिंदै स्ट्राइक परिवर्तन गर्ने कुरामा चुकीरहेका छन् l

भारत भ्रमणको क्रममा विकेटनेपालले गरेको नेपाली टिमको ब्याटिंग विश्लेषण हेर्दा आसिफले खेलेको ५ वटा इनिंगमा ७१.९१ प्रतिशत बल डट खेलेका थिए l  उनले मात्र १५.७३ प्रतिशत बललाई १ रनमा परिवर्तन गर्न सकेका थिए जसले उनको ब्याटिंगको कमजोरी र आत्मविश्वासको कमि प्रस्ट देखाउछ l

त्यो बाहेक नेपाली सिनियर टिमको लागि मार्चमा इमर्जिंग कप खेल्दा उनकोको ब्याटिंग विश्लेषण गर्दा इनिंगको सुरुवात चौकाहरुबाट गर्ने र लगतै विकेट गुमाउने तथा क्रिजमा धेरै बल खेल्दा पनि स्ट्राइक परिवर्तन गर्न नसक्ने समस्या देखिएको थियो l

एसीसी इमर्जिंग टिम्स कपमा आसिफको ब्याटिंग ( सबै स्कोरकार्ड हेर्नुस

रन ( बल ) चौका/छक्का बिरुद्ध
१२ ( १५ ) ३/० बंगलादेश यु-२३
१८ ( ३० ) १/० पाकिस्तान यु-२३
८ ( २३ ) १/० हंगकंग

ब्याट्सम्यानले लामो इनिंग खेल्न र आफुलाई दबाबबाट मुक्त राख्न स्ट्राइक परिवर्तन गरिराख्नु महत्वपूर्ण हुने गर्दछ जुन कुरामा उनि चुकेको देखिएको छ l एभरेस्ट प्रिमियर लिगको १११ रनको इनिंगमा ७ चौका र ८ छक्का प्रहार गरेका आसिफको चौका-छक्का मार्फत रन बटुल्न सक्ने निडर ब्याटिंग त देखाए तर त्यसपछि एउटा जिम्मेवार ओपनरको रुपमा पुनः त्यही किसिमको ब्याटिंग देखाउने हिम्मत देखाउन सकेका छैनन् l

त्यस फाइनलको विस्फोटक ब्याटिंग पछि आसिफलाई माथिल्लो कोटीको ब्याट्सम्यानको रुपमा हेरिन थालियो र त्यसैको बलमा यु-१९ र रास्ट्रिय क्रिकेट टिमसम्म स्थान बनाउन सके l तर एक्कासी बढेको जिम्मेवारी र बढेको आशाले उनमा दबाबको भारि झनै बढेको छ l

ओपनरको रुपमा आसिफ आफ्नो प्राकृतिक विस्फोटक ब्याटिंग गर्न सकीरहेका छैनन् भने क्रिजमा जम्न बाउन्ड्री बाहेक १-२ रन बटुल्न पनि बारम्बार असफल भएका छन् l

जुन श्रेणीको ब्याट्सम्यान आसिफ हुन् र जसरि उनि नेपाली क्रिकेटमा उदाए त्यसको पछाडी उनको इपिएल फाइनलमा उनले खेलेको नेपाली ब्याट्सम्यानहरुले साधारणतया खेल्ने भन्दा फरक तरिकाको आक्रामक र निडर ब्याटिंगनै हो l यदी आसिफले अगाडी आफुलाई सफल बनाउने हो भने आफ्नो प्राकृतिक क्षमतालाई विश्वास गर्नु जरुरि छ जुनसंगै क्रिजमा जम्ने कला पनि सिक्नु जरुरि छ l

पक्कै पनि जुन किसिमको नेपालको क्रिकेट पिचहरु छन् त्यो सुहाउदो ब्याट्सम्यान आसिफ हैनन् तर जुन किसिमको ब्याटिंग स्वभाब लिएर उनि नेपाली क्रिकेटमा उदाएका छन् त्यो स्वभावलाई विश्वास गरेर अघि बढ्ने हो भने आसिफले आफुलाई प्रमाणित गर्न सक्नेछन् l

यु-१९ बिश्वकप छनौट जस्तो महत्वपूर्ण प्रतियोगितामा ओपनिंग ब्याट्सम्यान आसिफमा धेरै जिम्मेवारी छ र उनिसंग आफुलाई पुनः प्रमाणित गर्ने मौका पनि छ l पहिलो खेलमा सिंगापुरसंग उनले मौका गुमाएपनि आगामी खेलमा आफ्नो स्वभाविकतामा फर्किन सके कुनै पनि बिपक्षीको लागि आसिफ खतरा बन्न सक्नेछन् l

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]