“मलाई आफु माथि बिश्वास थियो”- आसिफ शेख ( अन्तर्वार्ता )

Aasif Sheikh
  • विकेटनेपाल, कार्तिक २० 

नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमले बंगलादेशमा सम्पन्न मैत्रीपूर्ण सिरिजको तेश्रो खेलमा बंगलादेश रास्ट्रिय यु-१९ क्रिकेट टिमलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्न सफल भयो। सन् २००२ मा १५ बर्ष अघि नेपालले यु-१९ बिश्वकपको प्लेट च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गरेपछि दोश्रो जित दर्ता गर्दा नेपाली युवा टिमको चर्चा चुलिएको छ।

नेपालको जितमा ओपनिंग ब्याट्सम्यान आसिफ शेखले लक्ष पछ्याउदै टिमको लागि सर्बाधिक ९० रनको इनिंग खेल्दा आक्रामक ब्याटिंग गरे जुनक्रममा अर्का ओपनर जितेन्द्र सिंह ठकुरीसंग पहिलो विकेटको लागि १३९ रनको बिशाल साझेदारी समेत गर्दै जितको आधार तयार पारे। इनिंगमा ३ छक्का र ९ चौका प्रहार गरेका आसिफले ३५ बलमै अर्धशतक पुरा गरेका थिए। खेलको प्लेयर अफ द म्याच चुनिएका उनको इनिंग नेपाली क्रिकेटरले अन्तर्राष्ट्रिय स्तरमा खेलेको उत्कृस्ट मध्येको एक थियो।

एभरेस्ट प्रिमियर लिगको गत बर्ष ( २०१६ ) को सिजनमा फाइनलमा पन्चकन्या तेजलाई उपाधि दिलाउन आक्रामक शतकीय इनिंग खेलेका आसिफले त्यसपछि त्यो स्तरको इनिंग नखेल्दा फ्लप ब्याट्सम्यानको संज्ञा समेत पाए। आसिफको बंगलादेशसंगको इनिंग पछि पुनः उनले प्रशंसा फिर्ता पाएका छन् र आफुलाई प्रमाणित गरेका छन्।

प्रस्तुत छ उनै आसिफसंग खेलपछि विकेटनेपालको लागि बिराट रायले गरेको कुराकानी  – 

बंगलादेशसंगको इनिंग पछि कस्तो महसुस गर्नु हुँदैछ ? कसरि रेट गर्नुहुन्छ आफ्नो इनिंगलाई ? 

–  ममा एसिया कपको लागि आत्मविश्वास आएको छ। सेन्चुरी मिस भयो त्यसैले १० मा ९ अंक दिन्छु।

एभरेस्ट प्रिमियर लिग फाइनलको शतक र यो शतकमा कुन इनिंग उत्कृस्ट मान्नुहुन्छ ?

– यो इनिंगनै उत्कृस्ट थियो, किनकि मैले आफ्नो देशको लागि योगदान दिन सके।

जितेन्द्रको भूमिका कति थियो तपाईको प्रदर्शनमा ? 

– उसले महत्वपूर्ण योगदान दियो, एउटा किनारबाट मैले चार्ज गरिरहेको थिए र उसले अर्को किनारमा विकेट होल्ड गरिरहेको थियो। उसले आफ्नो काम सुन्दर तरिकाले निभायो।

लक्ष पछ्याउनु जानु अघि के थियो योजना ? 

– उनीहरुले हामिलाई बाउन्सर फाल्ने प्लान गरेका थिए तर मैले सबै बाउन्सरलाई चार्ज गरे। सुरु देखि आक्रामक खेल्नेनै मेरो योजना थियो ।

अर्धशतक पछि शतक पुरा गर्ने दबाब कति थियो ? 

– थिएन, किनकि आफ्नो व्यक्तिगत स्कोरमा ध्यान दिनु भन्दा पार्टनरसिप बढाउने तिर बढी ध्यान दियौ।

शतक पुरा नगरी आउट हुँदा के महसुस गर्नुभएको थियो ? 

– आउट हुँदा हामि राम्रो स्थितिमा पुगीसकेका थियौं त्यसैले फरक महसुस भएन।

२ वटा हार पछि टेस्ट रास्ट्रको टिमलाई पराजित गर्दा कस्तो महसुस हुने रहेछ ? 

– आज हामीले एकदम राम्रो क्रिकेट खेल्यौं, अझ बिशेषत ब्याटिंग पक्षले जेजे योजना बनाएका थियौं त्यो रोल सबैले राम्ररी निभाए।

हार पछि बंगलादेशी खेलाडीहरुको प्रतिक्रिया के थियो ? 

-उनीहरु चकित थिए, उनीहरुले सोचेको पनि थिएनन् होला कि हामीले अचानक यसरी कमब्याक गर्छौं।

आसिफ शेख । फोटो – रमन शिवाकोटी

बंगलादेश र नेपाल टिममा के फरक पाउनुभयो ? 

-फरक मानसिकताको मात्रै फरक हो, हामिमा र टेस्ट रास्ट्रको खेलाडीमा। हामि पनि उत्तिकै ट्यालेन्टेड छौं जति उनीहरु छन्।

एभरेस्ट प्रिमियर लिग पछी आसिफको ब्याटिंग चलेन र फ्लप ब्याट्सम्यानको आरोप थियो। कस्तो महसुस हुन्थ्यो त्यस्तो भन्दा ?

-जुनसुकै खेलाडीलाई पनि यो स्तरमा युजटु हुन अलि टाइम लाग्छ जुन मलाई पनि भयो। म खुसि छु कि त्यो पिरियडबाट बाहिर आउंदैछु। त्यसो भन्दा केहि भएन, मलाई आफु माथि बिश्वास थियो र अहिले पनि छ कि म राम्रो खेल्न सक्छु । मैले मात्र आफ्नो बेसिकमा ध्यान दिए र रिजल्ट मेरो पक्षमा आउदैछ।

प्रशिक्षक मोन्टी देसाईको भूमिका के छ यो सफलतामा ? 

-धेरैनै ठुलो भूमिका छ वहाँको। मैले क्रिकेट बाहेक पनि धेरै कुरा हरु सिक्ने मौका पाए जुनकि मलाई थाहा थिएन पहिला। जस्तो कि खेल भन्दा अघि मानसिक रुपमा आफुलाई कसरि तयार गर्ने।

प्रशिक्षक मोन्टी देसाई आसिफलाई टिप्स दिंदै

खेल पछि के भन्नु भयो देसाई र प्रशिक्षक बिनोद दासले ? 

– “इट व्हाज अ ग्रेट इनिंग, किप कन्टिन्यु इन द एसिया कप एण्ड सो अन”

के छ अबको लक्ष ? 

एसिया कपमा राम्रो गरेर नेपाललाई राम्रो स्तरमा पुर्याउने।

नेपाली ब्याट्सम्यानहरु अन्तर्राष्ट्रिय स्तरमा खुलेर ब्याटिंग गर्न सक्दैनन् र आफ्नो प्राकृतिक क्षमता देखाउन असफल हुन्छन्। यस्तो किन भएको होला, यसलाई कसरि सुधार्न सकिन्छ ? 

– पक्का पनि सकिन्छ। माथिल्लो स्तरमा खेल्दा कन्डिसनलाई सम्मान गर्नुपर्छ त्यसैले खुलेर खेल्ने नखेल्ने कुरै हुँदैन। सबैभन्दा ठुलो कुरा कन्डिन हो जसलाई सम्मान गर्नेपर्छ।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]