अविनाशको अन्तिम बलमा छक्का !

jitendra mukhiya
  • विकेटनेपाल, मङ्सिर ३ – दाङ

दंगाली टि- २० कप २०१७ क्लब स्तरिय रास्ट्रिय प्रतियोगिता अन्तर्गत भ्याली जुनियर क्रिकेट क्लब र देउखुरी क्लब उपाधीका लागि भिड्ने भएका छन् ।

दाङ क्रिकेट संघको आयोजनामा चलिरहेको प्रतियोगिताको आइतबार भएको पहिलो सेमिफाइनलमा देउखुरी क्रिकेट क्लबले युएनबिसी क्लबलाई ४९ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको देउखुरी क्रिकेट क्लबले २० ओभरमा ६ विकेट गुमाउदै १४२ बनायो। उसका राजवीर सिंहले ३८, योगेन्द्र कार्की ३५ र सन्दिप जोराले १६ रन को योगदान दिए । युएनबिसीका नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट र अल्फास मन्सुरि १ विकेट लिए ।

१४३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको युएनबिसीले  १७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९३ रन बनाउन सक्यो। सिद्धान्त राज शाहीले ३२ र सुबेन्दु पाण्डेले २२ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा युएनबिसीकाले हार व्यहोर्न बाध्य भयो। देउखुरीका सन्तोष भट्टले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ मात्र दिई ३ विकेट लिएका थिए। त्यसैगरि योगेन्द्र सिह कार्कीले र बिक्रम ठगुन्नाले समान २ विकेट लिए । खेलमा म्यान अफ द म्याच देउखुरी क्रिकेट क्लबका योगेन्द्र सिंह कार्की घोषित भए ।

योगेन्द्र सिंह कार्की

त्यस्तै आइतबारै सम्पन्न दोश्रो सेमिफाइनलमा भ्याली जुनियर क्रिकेट क्लबले योङगन्ज क्रीकेट क्लब नेपालगन्जलाई रोमान्चक २ विकेटले अन्तिम बलमा पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको योङगन्ज क्रिकेट क्लब, नेपालगन्जले २० ओभर खेल्दै १०६ बनाएको थियो। उसका बिराज भुसालले २३ , आकास बिष्ट २१ र बिजय चौधरीले १६ रन बनाएका थिए।

अविनाश बोहरा

१०७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको भ्याली जुनियर क्रिकेट क्लबले २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

प्रतिस्पर्धात्मक रहेको खेलको अन्तिम बलमा ५ रन आवस्यक थियो । जुनियर क्लबका अविनास बोहराले अन्तिम बलमा छक्का प्रहार गरेर आफ्नो टिमलाई बिजयी बनाएको थिए । अविनाश घरेलु क्रिकेटमा एपीएफको लागि तथा धनगढी प्रिमियर लिगमा सीवाईसी अत्तरियाको लागि खेलीसकेका छन्।

जुनियरका बिस्नु सिंह ठकुरी म्यान अफ दि म्याच घोषित भए ।

बिस्नु सिंह ठकुरी

कार्तिक २७ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल सोमबार १० बजे सुरु हुने कार्यक्रम रहेको छ भने १२ बजे कार्यक्रमको समापन कार्यक्रम रहेकोछ।

देशभरका १५ टिमको सहभागिता रहेको प्रतियोगिताबाट प्रथम हुनेलाई एक लाख १० हजार रुपैयाँ सहित शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रो हुनेलाई ५० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र, उत्कृष्ठ खेलाडीलाई १५ हजार, उत्कृष्ठ बलर र ब्याट्सम्यानलाई पाँच-पाँच हजार सहित शिल्ड, प्रमाण पत्र प्रदान गरिने छ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]