नेपाल हार नजिक पुग्दा वर्षाले खेल रोकियो, अब के हुन्छ ?

  • विकेटनेपाल, मङ्सिर १

नेपाल र अफगानिस्तान बीच यु-१९ युथ एसिया कपको सेमीफाइनल खेलमा अफगानिस्तान जितको नजिक पुग्दा वर्षाले खेल रोकिएको छ।

नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको १०४ रनको लक्ष पछ्याउने क्रममा अफगानिस्तानले १८ ओभरको खेल सकिंदा १ विकेट गुमाएर ९४ रन बनाएको अवस्थामा भारि वर्षाले खेल रोकिएको थियो।

अफगानिस्तानलाई जितको लागि मात्री १० रन आवस्यकता भएको बेला पानि परेको हो।  हेर्नुस स्कोरकार्ड 

वर्षा पछि दुवै टिम लन्च गरिरहेको छ। किनरारा मैदानमा पुनः घाम लागेकोले खेल सुरु हुने अवस्था रहेको छ।

नरोकिए अब के हुन्छ ? 

५० ओभरको खेलमा डक बर्थ लुइस ( डी/एल ) मेथडबाट बिजेता घोषणा गर्न कम्तिमा २० ओभरको खेल भएको हुनुपर्छ। तसर्थ यदी खेल यो अवस्थामै रोकिए डी/एल मेथडबाट बिजेता घोषणा गर्न मिल्दैन ।

तर एसियन क्रिकेट काउन्सिलको प्लेइंग कन्डिसन अनुसार खेल रोकिएको खण्डमा समुह चरणको प्रदर्शनको आधारमा निर्णय लिईनेछ। यो अर्थमा अफगानिस्तान समुह ‘बि’ को बिजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएकोले अफगानिस्तानलाई बिजेता घोषणा गरिनेछ र फाइनल पुग्नेछ।

समुह चरणको खेल समाप्तिमा अफगानिस्तान समुह ‘बि’ को बिजेता तथा नेपाल समुह ‘ए’ बाट उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो।

समुह चरणमा अफगानिस्तानले २ जित र १ हार बेहोरेपनि नेट रनरेटको आधारमा पाकिस्तान र श्रीलंकालाई पछि पार्दै समुह बिजेता बनेको थियो।

सेमीफाइनल खेलमा नेपालले पहिलो इनिंगमा खराब ब्याटिंग प्रदर्शन गरेपछि १०४ रनको लक्ष अफगानिस्तानले सहजै पछ्याईरहेको थियो।

ओपनिंग ब्याट्सम्यान रहमतुल्लाह गुर्बजले अविजित ६९ रन बनाएर तथा इक्रम अलि १८ रन बनाएर ब्याटिंग गरिरहेका थिए। गुर्बजले ६२ बलमा ९ चौका र २ छक्का प्रहार गरिसकेका छन् ।

नेपालको लागि एक मात्र विकेट कमल सिंह ऐरीले छैठौं ओभरमा इब्राहिम जद्रानलाई कट बिहाइन्ड गराएका थिए। सन्दिप लामिछाने, दिपेन्द्र ऐरी र शाहब आलम भने विकेट बिहिन रहेका छन्।

किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गरेको थियो र सुरुवात देखि लगातार विकेट गुमायो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका अनिल शाहले ५० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान विकेटमा जम्न सकेनन्। उनले ५७ बलमा ७ चौका र १ छक्का प्रहर गर्ने क्रममा आत्मविश्वासले भरिएको ब्याटिंग प्रस्तुत गरेका थिए।

ओपनर जितेन्द्र सिंह ठकुरी १, आसिफ शेख ० , कप्तान दिपेन्द्र ऐरी ६, रोहित पौडेल ४, भिम शर्की ६ रनमा पेभेलियन फर्किए। यस्तै कमल सिंह ऐरी ० , किशोर महतो ० तथा सन्दिप लामिछाने ७ रनमा आउट हुँदा शाहब आलमले अविजित ७ रन बनाए।

नेपाललाई सस्तोमा समेट्न अफगानिस्तान बलर मुजिब उर् रहमानले ६ विकेट हात पारे। उनले १० ओभरको स्पेलमा २ मेडनओभर सहित मात्र २८ रन खर्चे। त्यस क्रममा उनले नेपालको नम्बर १ देखि ५ सम्मको ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए। यस्तै अहमद कमवालले २ विकेट हात पारे भने २ जना ब्याट्सम्यान रनआउट हुनपुगे।

 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]