एन्डरसनको बिदाई खेलमा इंग्ल्यान्डको जित

काठमाडौं । तीव्र गतिका बलर जेम्स एन्डरसनको बिदाइ खेलमा वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डले एक इनिङ १ सय १४ रनको जित निकालेको छ ।

दोस्रो इनिङमा वेस्ट इण्डिज १ सय ३६ रनमा अल आउट भएपछि इंग्ल्यान्डले शुक्रबार फराकिलो जित हासिल गरेको हो । पहिलो इनिङमा वेस्ट इन्डिजले १ सय २१ र इंग्ल्यान्डले ३ सय ७१ रन बनाएको थियो। तीन खेलको टेस्टको सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-० को अग्रता लिएको छ।

दोस्रो इनिङमा वेस्ट इण्डिजका लागि गुडाकेश मोतीले ३५ बलमा ३१ तथा एलिक एथानाजे २२ रन जोडे ।इंग्ल्यान्डका लागि गस एटकिन्सनले पाँच र जेम्स एन्डरसनले तीन विकेट लिए ।

त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ७१ रनमा अल आउट भएको थियो । ओपनर ज्याक क्रलीले ८९ बलमा ७६ तथा जेमी स्मिथले १ सय १९ बलमा ७० रन जोडेका थिए । ओली पोपले ५७ तथा जो रुट ६८ रन जोडेका थिए ।

वेस्ट इण्डिजका जयडेन सिल्सले चार तथा जेसन होल्डर र गुडाकेश मोतीले समान दुई दुई विकेट लिएका थिए ।

लर्डसमा टस हारेर पहिला ब्याटिङको गरेको वेस्ट इण्डिजले १ सय २१ रन‌ बनाएको थियो।

डेब्यू खेलमा नै ७ विकेट लिएका इंग्ल्यान्डका गस एटकिन्सन प्लेयर अफ द म्याच चुनिए ।

अन्तिम खेलमा ४ विकेट लिदै जितका साथ ४२ वर्षीय एन्डरसनले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।

उनले १ सय ८८ टेस्टमा ७ सय ४ विकेट लिएका छन् ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]