- विकेटनेपाल, मङ्सिर १
मलेसियामा जारि यु-१९ युथ एसिया कपको सेमीफाइनल खेलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष प्रस्तुत गरेको छ।
किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गरेको थियो र सुरुवात देखि लगातार विकेट गुमायो।
तेश्रो नम्बरमा ब्याटिंग गरेका अनिल शाहले ५० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान विकेटमा जम्न सकेनन्। उनले ५७ बलमा ७ चौका र १ छक्का प्रहर गर्ने क्रममा आत्मविश्वासले भरिएको ब्याटिंग प्रस्तुत गरेका थिए।
ओपनर जितेन्द्र सिंह ठकुरी १, आसिफ शेख ० , कप्तान दिपेन्द्र ऐरी ६, रोहित पौडेल ४, भिम शर्की ६ रनमा पेभेलियन फर्किए। यस्तै कमल सिंह ऐरी ० , किशोर महतो ० तथा सन्दिप लामिछाने ७ रनमा आउट हुँदा शाहब आलमले अविजित ७ रन बनाए।
नेपाललाई सस्तोमा समेट्न अफगानिस्तान बलर मुजिब उर् रहमानले ६ विकेट हात पारे। उनले १० ओभरको स्पेलमा २ मेडनओभर सहित मात्र २८ रन खर्चे। त्यस क्रममा उनले नेपालको नम्बर १ देखि ५ सम्मको ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए। यस्तै अहमद कमवालले २ विकेट हात पारे भने २ जना ब्याट्सम्यान रनआउट हुनपुगे।