रुबिनाको उत्कृस्ट बलिंगका बाबजुत पूर्वान्चल पराजित, एपीएफ र मध्यमाञ्चल अन्तिम ४ मा

Sonu Khadka

फिचर फोटो – सोनु खड्का ( एपीएफ बलर )

  • विकेटनेपाल – १० फाल्गुन, बिहिवार

धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० कप क्रिकेटमा बिहिवार दुई खेल सम्पन्न भएका छन्। आज सम्पन्न खेलबाट जित निकाल्दै विभागीय टोलि एपीएफ र मध्यमाञ्चलले अन्तिम ४ मा स्थान सुरक्षित गरे।

पहिलो खेल : दिनको पहिलो खेलमा समूह “ए” को मध्यमाञ्चलले पश्चिमान्चललाई ४४ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गर्यो।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको मध्यमाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रन जोडेको थियो। उसका लागि सिता श्रेष्ठले ४९ रनको इनिंग खेलेकी थिइन्। यस्तै कन्चन श्रेष्ठले २४ तथा रोशनी बोहोराले १० रनको व्यक्तिगत योगदान गर्न सफल रहिन्।

पश्चिमान्चलको बलिंगतर्फ कप्तान बर्षा रानाले १ विकेट चट्काएकि थिइन्।

जवाफमा ११४ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको पश्चिमान्चलले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदा ६४ रन मात्र जोड्न सक्यो र खेलको नतिजा ४४ रनको ठुलो अन्तरले मध्यमाञ्चललाई जिम्मा लगाउन बाध्य भयो। पश्चिमान्चलको चेजमा नितु भण्डारीले १० रन जोड्न बाहेक अन्यले खासै योगदान गर्न सकेनन्।

पश्चिमान्चललाई लक्ष्य अगावै रोक्ने क्रममा मध्यमाञ्चलकि अश्मिना कर्माचार्य र आरति बिडारीले समान २-२ विकेट हात पारे।

प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको पश्चिमान्चलभने समुह चरणबाटनै बाहिरिएको छ। त्यसको फलस्वरूप घरेलु टोलि सुदूरपश्चिमान्चल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

दोस्रो खेल : दिनको दोस्रो खेलमा समुह “बि” मा विभागीय टोलि एपीएफले प्रतियोगिताको दोस्रो जित हात पार्ने क्रममा पूर्वान्चललाई ४ विकेटले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै पुर्वान्चलले दिएको ६५ रनको लक्ष्य एपीएफले ६ विकेट गुमाएर पुरा गर्यो। खराव सुरुवात गरेको एपीएफलाई जितसम्म पुर्याउन करुणा भण्डारी, इन्दु बर्मा र ममता चौधरीले समान १६-१६ रन जोडे। कुनै समय ८ रन जोड्न ५ विकेट गुमाएको एपीएफलाई भण्डारी र बर्माको साझेदारीले जोगायो।

पूर्वान्चलको बलिंगमा कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिएपनि जित दिलाउन विफल रहिन्।

Ritu Kanaujiya
एपीएफ बलर रितु कनौजिया

यसअघि टस जित्दै पहिले ब्याटिंगमा उत्रिएको पुर्वान्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ६४ रनको योगफल तयार गरेको थियो। पूर्वान्चलको इनिंगमा रुबिना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न विफल रहेका थिए।

एपीएफको बलिंगमा सोनु खड्काको नाममा २ विकेट रहेको थियो।

शुक्रवार हुने खेलमा पुर्वाञ्चल र मध्यपश्मिाञ्चल तथा सुदुरपश्चिम र मध्यमाञ्चल भिड्दै छन्। सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

तस्विर र समाचार स्रोत : नेपाल खेलकुद पत्रकार मन्च (कैलाली)





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]