सुरुंगाद्धारा राजबिराज पराजित, फाइनलमा राजबिराज र खडक क्वीन्स भिड्ने

राजबिराज। पवि माविको क्रिकेट मैदानमा आयोजिन राजबिराज मेयर कप सप्तरी महिला प्राईड लिग दोस्रो सिजन अन्तर्गत लिगको अन्तिम खेलमा सुरुंगा रोयल्सले राजबिराज रोयल्सलाई रोमान्चक खेलमा २३ रनले पराजित गरेको छ।

सुरुंगा सरभाइभल्सले टस जिति पहिलो ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ३ बिकेटको नोक्सानीमा १७५ रनको योगफल तयार पारेका थिए।

सुरुंगाका लागि रोमा थापाले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ११ चौक्काको मद्धतले ७४ रनको योगदान दिएका थिए भने साना प्रविण ४१ र सानु राजबंशीले नटआउट रहि ३९ रनको योगदान दिएका थिए।

बलिङ तर्फ राजबिराजका चाँदनी खातुन र साक्षी यादवले सामान १ बिकेट लिएका थिए।

१७६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराजले राम्रो प्रयास गरे ता पनि २० ओभरमा ५ विकेटको नोक्सानीमा १५२ रनमात्र बनाउन सकेका थिए।

राजबिराजका लागि शिवानी साहले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ८ चौक्काको मद्धतले नटआउट रहि ५४ रनको योगदान दिएका थिए भने प्रनिश रानामगरले ३६ तथा प्रतिमा साह २८ र अपेक्षा यादवले २१ रनको योगदान दिएका थिए।

बलिङमा सुरुंगाकातर्फबाट सरस्वती चौधरीले २ तथा रोजि कडारी र बिध्या रामले सामान १ बिकेट लिएका थिए। खेलको प्लेयर अफ द म्याच उत्कृष्ट ब्याटिंग गरेका सुरुंगाका रोमा थापा भएका थिए।

प्रतियोगिता अन्र्तगतको फाईनल खेल शनिवार राजबिराज रोयल्स र खडक क्वीन्स बिच हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy