एपीएफ र राइजिंग वुमेन्स फाइनलमा

  • विकेटनेपाल, धनगढी, वैशाख २५

कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफ र राईजिग क्रिकेट वुमेन्सले उपाधिका लागि भिड्ने भएका छन् ।

सोमवार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि आमने सामने हुन लागेका हुन् । पहिलो सेमिफाईनलमा एपिएफले पहिलो सेमिफाईनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराएको हो भने दोस्रो सेमिफाईनलमा राईजिग क्रिकेट वुमन्सले झापा क्रिकेट एकेडेमीलाई ९ रनले किनारा लगाएको हो ।

अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा टस जितेर पहिले व्याटिग गर्दै एपिएफले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १५० रन बनायो । टीमका लागि करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ वलको सामना गर्दै उनले एक छक्का र ६ चौका प्रहार गरिन्। टीमका लागि ज्योती पाण्डेयले ४० रन बनाईन् । टीमका लागि १५ वल खेल्दै ३ चौकाको मदत्तले विनु बुढामगरले २१ रन र ममता चौधरीले १५ रन बनाईन् । दोस्रो विकेटका लागि ज्योती र सरीता मगरले ३२ रनको, तेस्रो विकेटका लागि ज्योती र करुणाले ३५ रनको तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको महत्वपुर्ण साझेदारी गरे। कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कुवरले ३ विकेट लिईन् । ४ ओभर बलिंग गरेकी उनले २३ रन खर्चिन । यस्तै अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिईन । ३ ओभर बलिंग गरेकी लक्ष्मीले ३३ रन खर्चिन् । कैलालीका लागि सुमन विष्टको बलिंग महँगो साबित भयो । एक ओभरमा २३ रन दिएकी उनले आफुले गरेको ४ ओभरमा ४७ रन खर्चिन् ।

एक सय ५१ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै ६८ रनमा समेटियो । टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रन वनाउन सकेनन् । एपिएफको कसिलो बलिंग सामु कैलालीका खेलाडी निरीह देखिए । एपिएफको जितमा विनु वुढामगरले ३ विकेट लिईन । सरीता मगर र सीता रानामगरले दूई दुई विकेट लिए भने करुणा भण्डारी र रितु कनौजीयाले एक एक विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान विनु वुढामगर वुमन अफ द म्याच भईन् । उनले नगद ३ हजार हात पारिन् । त्यस्तै खेलमा एक एक छक्का प्रहार गरेकी एफिएफकी करुणा भण्डारी र ईन्दु वर्माले नगद पांच-पांच सय प्राप्त गरिन्।

बिनु बुढा मगर ( एपीएफ )

सोमवार दिउसो भएको दोस्रो सेमिफाईनल खेलमा टस हारेर व्याटिङको निम्तो पाएको राईजिंग क्रिकेट वुमन्सले २० ओभरमा ३ विकेट क्षेतीमा ११९ रन बनायो । टीमका लागि पुना निभा भाटले सर्वाधिक ४७ रन बनाईन् भने साम्पा मुखर्जीले ४२ रनको अविजित पारी खेले । सहनाज प्रविणले १७ रन बनाईन् । ११९ रनको योगफलसम्म आफ्नो टीमलाई पुराउने क्रममा पहिलो विकेटका लागि सहनाज र पुजाले ३३ रनको साझेदारी गरिन् । यस्तै दोस्रो विकेटका लागि पुजा र साम्पाले ७२ रनको अर्धशतकीय साझेदारी गरिन् । झापाका लागि सरस्वती चौधरी २ र अनुराधा चौधरीले एक विकेट लिईन् ।

१२० रनको लक्ष्य लिएर मैदान उत्र्रिएको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा सवै विकेट गुमाउदै ११० रन मात्रै बनाउन सक्यो । कप्तान रुवीना क्षेत्रीले ३९ रनको योगदान गरे पनि आफ्नो टीमलाई जिताउन सकिनन् । टोलीका लागि रितु जैन र मुस्कान वेगमले २१-२१ रन बनाईन् । दोस्रो विकेटका लागि रितु र रुविना बीच ५० रनको साझेदारी समेत भएको थियो । राईजिग क्रिकेट वुमनलाई फाईनलमा पुराउनका लागि पुजा निभा भाटले ४ विकेट लिईन् । ४ ओभर वलिङ गरेकी उनले २२ रन खर्चिन् । नेरी थापाले पनि ४ ओभरमा १४ रन खर्चेर ३ विकेट हात पारिन् । राईजिग क्रिकेट वुमनकी पुना निभा भाट वुमन अफ द म्याच हुदै नगद ३ हजार प्राप्त गर्न सफल भईन् ।

वैशाख २१ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलवार सम्पन्न हुनेछ । एपिएफ र राईजिग क्रिकेट वुमन्स बीच मंगलवार दिउसो उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछन ।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]