पीएम कप : आर्मीको विजयी सुरुवात, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई आर्मीले १३४ रनको फराकिलो अन्तरमा हराएको हो। जारी प्रतियोगितामा बागमतीको यो लगातार दोस्रो हार हो।

भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा सोमबार सम्पन्न खेलमा बागमतीले जितको लागि २६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती २७ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १२८ रनमा नै समेटियो।

विवेक मगरले सर्वाधिक ५१ रन जोडे। यसबाहेक अन्य खेलाडीको प्रदर्शन फितलो रहयो। इशान पाण्डेले १९ र आशुतोष घिरोहियाले १० रन बनाए। यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। कप्तान पृथु बास्कोटा ९ रनमा आउट भए।

बलिङमा सहाब अलामले ४ विकेट लिए। यस्तै आकाश चन्दले ३ विकेट झारे।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनायो। ओपनर त्रीतराज दास र सन्तोष कार्कीले पहिलो विकेटको लागि ९६ रनको साझेदारी गरे।

त्रीतराज ३६ रनमा आउट भए। सन्तोषले अर्धशतक प्रहार गरे। उनले ९८ बलको सामना गर्दै १० चौका र १ छक्का सहित सर्वाधिक ७६ रनको पारी खेले। कप्तान विनोद भण्डारी अविजित ४७ रनमा रहे। यसैगरी विवेक यादवले ३० र कुशल मल्ले २६ रन बनाए।

वालिङमा रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए। सोनु देवकोटाले १ विकेट आफ्नो नाममा लेखाए।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]