आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब भोलि हुने फाइनलमा दुई विभागीय टोलि नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा २३१ रनको विशाल लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रनमात्र बनाउँन सक्यो । उसका लागि राजेस पुलामी मगरले सर्वाधिक ३८, भिम शार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२ तथा शाहब आलमले २१ रन बनाए ।

ओपनर भिम शार्की र हरि चौहानले पहिलो विकेटको लागि ५५ रनको साझेदारी गर्दै त्रिभुवन आर्मी क्लबलाई राम्रो सुरुवात दिलाए । त्यसपछि आर्मीले १५ रनको अन्तरालमा ५ विकेट गुमाएपछि राजेस पुलामी र तुल थापाले ५७ रनको साझेदारी गर्दै त्रिभुवन आर्मी क्लबको इनिंग्स उकासे । राजेस पुलामीलाई भुवन कार्कीले कट एण्ड बोल्ड आउट पारे । त्यसपछि अन्तिममा शाहब आलम र सुशन भारिले अविजित २९ रनको साझेदारी गर्दै आर्मीलाई अल आउट हुनबाट जोगाए ।

नेपाल एपीएफको बलिंगतर्फ कप्तान शरद भेषावाकारले ४ ओभरमा १६ रन खर्चिएर सर्वाधिक ३ तथा भुवन कार्की र अविनास बोहोराले समान २ विकेट लिए । यस्तै, दिपक बोहोरा र किशोर महतोले समान १ विकेट हात पारे ।

यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाल एपीएफ क्लबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३० रन बनाएको थियो । उसका लागि ओपनर आशिफ शेखले ४३ बलमा १० चौका र ५ छक्काको मद्धतमा सर्वाधिक ८४ तथा लोकेश बमले नेपाली घरेलु टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता कै छिटो अर्धशतक पुरा गर्ने क्रममा १८ बलमा २ चौका र ९ छक्काको मद्धतमा अविजित ६६ रन बनाए । यस्तै, अर्का ओपनर प्रदिप ऐरीले ५३ बलमा ५७ रनको योगदान दिए ।

ओपनरद्वय आशिफ र प्रदिपले पहिलो विकेटको लागि १५० रनको उत्कृष्ट साझेदारी गरे । आशिफलाई सुमित श्रेष्ठले तथा कप्तान शरद भेषावाकरलाई ९ रनमा जितेन्द्र मुखियाले आउट पारेपछि प्रदिप र लोकेशले अविजित ६८ रनको साझेदारी गर्दै एपीएफलाई विशाल योगफलतर्फ डोर्याए । लोकेशले जितेन्द्र मुखियाको १७ औं र १९ औं बलमा समान ३ छक्का प्रहार गरेका थिए ।

त्रिभुवन आर्मी क्लबको बलिंगतर्फ जितेन्द्र मुखिया ( ४-०-५७-१ ) र सुमित श्रेष्ठले ( १-०-१९-१ ) समान १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]