अर्थ मन्त्रालयद्वारा क्रिकेट टिमलाई पूर्व घोषित डेढ करोड नगद पुरस्कार निकासा

विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार रुपियाँ पुरस्कार निकासा भएको जानकारी दिनुभयो ।

गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी– एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।

सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिनुहुँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिनुभयो ।

सदस्य–सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई आठ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाइ पनि दिँदै फाइनलमा सफलताका लागि शुभकामना समेत दिनु भएको छ ।

( साभार – गोरखापत्र )





थप समाचार

नेपालसँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा, सिरिज मार्च २४ बाट

काठमाडौं । नेपाली सिनियर राष्ट्रिय टोली तथा नेपाल ए सँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ । आइतबार क्रिकेट […]

नेदरल्यान्ड्स र नेपालले फाइनल खेल्ने

काठमाडौं । नेपाल र नेदरल्यान्ड्सले त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनलमा भिड्ने भएका छन् । वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्सको खेल […]

नेदरल्यान्ड्सले टस जित्यो

काठमाडौं । नेदरल्यान्ड्सले नामिबियाविरुद्धको खेलमा टस जितेको छ । टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर बलिङ […]

हङकङ सिरिजका लागि नेपाली टोलीको घोषणा, आकाशलाई पहिलो पटक मौका

काठमाडौं । हङकङमा आयोजना हुने त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । फागुन २७ बाट सुरु हुने […]

हङकङ टी-ट्वान्टी सिरिज फागुन २७ बाट

काठमाडौं । हङकङमा आयोजना हुने त्रिदेशीय टी-ट्वान्टी सिरिज फागुन २७ बाट सुरु हुने भएको छ । हङकङ क्रिकेटले शनिबार सिरिजको […]

दंगाली लायन्सलाई दाङ क्रिकेट लिग सिजन-२ को उपाधि, बसिर सर्वोत्कृष्ट  

दाङमा सम्पन्न नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो सिजनको उपाधि दंगाली लायन्सले जितेको छ। दाङ क्रिकेट संघद्वारा आयोजित लिगको फाइनलमा […]