खुकुरी कप: आशुतोषको अलराउण्ड प्रदर्शनमा रौतहट बिजयी

  • विकेटनेपाल, माघ २३ – मंगलबार

काठमाडौँमा जारि खुकुरी च्यालेंजर्स कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि सुरु भएको समूह ‘डी’ को खेलमा रौतहट राइजिंग ११ ले बुटवल क्रिकेट ब्वाइजलाई पराजित गर्दै बिजयी सुरुवात गरेको छ। खेल रौतहटले ४ विकेटले जितेको थियो।

समुह ‘डी’ अन्तर्गतनै मंगलबार हुनुपर्ने मकवानपुर क्रिकेट क्लब र डिस्ट्रिक स्पोर्ट्स क्लब दोश्रो खेल भने हुन पाएन। आयोजक खुकुरी इन्टरटेन्मेन्टका अनुसार प्राबिधिक कारणले डिस्ट्रिक स्पोर्ट्स क्लबलाई खेल्न नदिईएको र मकवानपुरलाई ३ अंक प्रदान गरिएको छ।

आशुतोष सिंहले अलराउण्ड प्रदर्शन ( रौतहट राइजिंग ११ Vs बुटवल क्रिकेट ब्वाइज ) 

१३१ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको रौतहट राइजिंग ११ ले ५ बल बाँकी छदै ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसको जितमा आशुतोष सिंहले अलराउण्ड प्रदर्शन गरे। बलिंगतर्फ २ विकेट लिन ४ ओभरमा १८ रन खर्चिएका उनले आक्रामक ब्याटिंग गर्दै अविजित २८ रन बनाउन १४ बलमा ४ चौका प्रहार गरे।

त्यस्तै सलमान आलमले ३१ रन बनाउन २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा अरविन्द चौधरीले पनि २४ रन बनाए। यसअघि टस हारेर ब्याटिंग गरेको बुटवल क्रिकेट ब्योएज तुल बहादुर थापाको आक्रामक पारिका बाबजुत मात्र १३१ रनमा समेटिएको थियो।

आशुतोष सिंह

तुल बहादुर थापाले ६८ रनको पारि खेल्नेक्रममा २२ बलमा १० छक्का प्रहार गरेका थिए तर रौतहटका सुनिल मिश्रले ३ विकेट लिन १७ रन खर्चिएपछि अन्य ब्याट्सम्यानले उनको साथ दिन सकेनन् ।

अंक-तालिका

Group D

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Rautahat XI 1 1 0 0 3
Makwanpur Cricket Club 1 1 0 0 3
Butwal Cricket Boys 1 0 1 0 0
Inter – District Sport Club 1 0 1 0 0
Tikapur Cricket 0 0 0 0 0

भोलि हुने खेलहरु :

पहिलो खेल: टिकापुर क्रिकेट Vs रौतहट राइजिंग ११
दोश्रो खेल: बुटवल क्रिकेट ब्योएज Vs मकवानपुर क्रिकेट क्लब

हिजोको खेल –  सुबास खकुरेल र प्रकास बिस्टले राम्रो खेल्दा फाइटरको दोश्रो जित





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]