आगामी दुई एसिया कप भारत र बंगलादेशमा आयोजना हुने

२०८१ श्रावण १५, मंगलवार ०७:३३

एजेन्सी । अर्को संस्करणको पुरुष एसिया कप सन् २०२५ मा भारतमा आयोजना हुने भएको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टिट्वान्टी विश्वकपको तयारी स्वरुप एसिया कप आयोजना हुदैछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आयोजना गरेको सन् २०२३ को संस्करण ‘हाइब्रिड मोडल’मा आयोजना गरिएको थियो । भारतले छिमेकी देश पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेको थियो । श्रीलंकामा आफ्नो खेल खेलेको थियो।

सन् २०२७ को एसिया कप बंगलादेशमा एकदिवसीय ढाँचामा आयोजना हुनेछ । सोही वर्ष ५० ओभरको विश्वकप आयोजना हुनेछ । सन् २०२७ मा भारतमा आयोजना हुने टी–२० एसिया कप र सन् २०२७ मा बंगलादेशमा हुने ५० ओभरको महादेशीय प्रतियोगितामा १३–१३ खेल हुनेछन् ।

भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । भारतले प्रतियोगिताको पछिल्ला चार संस्करणमध्ये तीनमा जित हात पारेको छ । उसले श्रीलंकालाई १० विकेटले हराएर पछिल्लो संस्करण जितेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy