आगामी दुई एसिया कप भारत र बंगलादेशमा आयोजना हुने
, २०८१ श्रावण १५, मंगलवार ०७:३३
एजेन्सी । अर्को संस्करणको पुरुष एसिया कप सन् २०२५ मा भारतमा आयोजना हुने भएको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टिट्वान्टी विश्वकपको तयारी स्वरुप एसिया कप आयोजना हुदैछ ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आयोजना गरेको सन् २०२३ को संस्करण ‘हाइब्रिड मोडल’मा आयोजना गरिएको थियो । भारतले छिमेकी देश पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेको थियो । श्रीलंकामा आफ्नो खेल खेलेको थियो।
सन् २०२७ को एसिया कप बंगलादेशमा एकदिवसीय ढाँचामा आयोजना हुनेछ । सोही वर्ष ५० ओभरको विश्वकप आयोजना हुनेछ । सन् २०२७ मा भारतमा आयोजना हुने टी–२० एसिया कप र सन् २०२७ मा बंगलादेशमा हुने ५० ओभरको महादेशीय प्रतियोगितामा १३–१३ खेल हुनेछन् ।
भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । भारतले प्रतियोगिताको पछिल्ला चार संस्करणमध्ये तीनमा जित हात पारेको छ । उसले श्रीलंकालाई १० विकेटले हराएर पछिल्लो संस्करण जितेको छ ।
थप समाचार
अन्तर्राष्ट्रिय क्रिकेट
नेपालको सुपर थ्रीको सम्भावना कायमै
काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]
नेपाली क्रिकेट
बेलायत जाने नेपाली टोलीको बिदाइ
काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]
आईपीएल
नेपाल हङकङसँग पराजित
काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]
आईपीएल
शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल
काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]
महिला क्रिकेट
नेपालले हङकङविरुद्ध खेल्दै
काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]