अस्ट्रेलियाको लगातार दोस्रो जित, सुपर आठको सम्भावना बलियो

काठमाडौं । अष्ट्रेलियाले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा भएको खेलमा अस्ट्रेलिया ३६ रनले विजयी भयो ।

अस्ट्रेलियाले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । फिल साल्टले २३ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे ।

इंग्ल्यान्डलाई ओपनर साल्ट र बटलरले ७ दशमलब १ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङ नचल्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।

अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई दुई तथा जोश हेजलवुड र मार्कस स्टोइनिसले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले १६ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए । कप्तान मिचेल मार्शले २५ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे ।ट्रविस हेड १८ बलमा २ चौका र ३ छक्कासहित ३४ तथा ग्लेन म्याक्सवेल २८ रन बनाए । मार्कस स्टोइनिस ३० तथा म्याथ्यु वेडले १७ रन बनाए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले दुई तथा मोईन अली, जोफ्रा आर्चार, आदिल राशिद र लियाम लिभिङस्टोनले समान एक एक विकेट लिए ।

अस्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर आठको सम्भावना बलियो बनाएको छ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]