थापाको अर्धशतक तथा नन्दनको अलराउन्ड प्रदर्शनमा अभानी च्याम्पियन

काठमाडौं । भुपेन्द्र थापाको अर्धशतक तथा तीव्र गतिका बलर नन्दन यादवको अलराउन्ड प्रदर्शनमा अभानी क्रिकेट क्लबले अभानी प्रिमियर लिग २०२४ को उपाधी जितेको छ ।

वारियर्स क्रिकेट क्लबलाई फाइनल खेलमा २९ रनले पराजित अभानी च्याम्पियन बनेको हो ।

पहिले ब्याटिङ गरेको अभानीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

अभानीका लागि भुपेन्द्र थापाले ३२ बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । नन्दन यादवले ३४ बलमा ४१ तथा कप्तान प्रदिपसिंह ऐरीले ७ बलमा २१ रन बनाए ।

वारियर्सका लागि युवराज मल्लले चार तथा सुवास शाहले दुई विकेट लिए ।

अभानीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको वारियर्सले १५ ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन मात्र बनायो ।

वारियर्सका लागि दीपेन्द्र थापाले ३८ बलमा ६६ तथा नविन गुरुङले १० बलमा १७ रन बनाए ।

अभानीका लागि नन्दन यादवले तीन तथा अभिनास कर्णले दुई विकेट लिए ।

च्याम्पियन अभानीले १० हजार अस्ट्रेलियन डलर पाएको छ । लिगको उत्कृष्ट बलरमा वारियर्स क्रिकेट क्लबका अमन सिंह र उत्कृष्ट ब्याट्सम्यान कंगारु क्रिकेट क्लबकी रोजल राउत घोषित भएका छन् ।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]