बाबर हयातको विस्फोटक ब्याटिंग

  • विकेटनेपाल, पौष ७ – शुक्रबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत बिराटनगर वारियर्स र चितवन टाइगर्सबिचको खेलमा हंगकंगका कप्तान तथा बिराटनगर वारियर्सका खेलाडी बाबर हयातले विस्फोटक ब्याटिंग गरेका छन् ।

|| स्कोरकार्ड ||

किर्तिपुर मैदानमा भएको खेलमा बाबरले ८१ रनको पारि खेलेका हुन् । उक्त पारि खेल्ने क्रममा उनले ४२ बलमा ५ चौका र ६ छक्का प्रहार गरेका हुन् ।

ओपनर आसिफ शेख आउट भएपछी खेलको छैठौ ओभरमा आएका हयातले चितवन टाइगर्सको कप्तानी गरिरहेका दिपेन्द्र सिंह ऐरीले गरेको १३ औं ओभरमा २९ रन प्रहार गरेका थिए । सुरुको ४ बलमा ४ ओटा छक्का प्रहार गरेपछि ५ औं बलमा चौका प्रहार गरेका थिए भने खेलको अन्तिम बल वाइड हुदै अन्तिम बलमा १ रन बनेको थियो ।

बाबर हयात – फोटो – बिराटनगर वारियर्स फेसबुक 

उनले खेलको १९ औं ओभरको  प्रमेश कुमारले गरेको चौथो बलमा लंगअफमा कमल सिंह ऐरीको हातबाट आउट हुनु अघि यस प्रतियोगिताको सर्बाधिक स्कोर बनाएका थिए भने एभरेस्ट प्रिमियर लिगको सर्बाधिक चौथो रन बनाएका थिए ।

सन् २०१६ को काठमाण्डौमा भएको एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा पन्चकन्या तेजबाट खेल्दै फाइनलमा कलर्स एक्स फ्याक्टरको बिरुद्द अविजित १११ रनको पारि खेलेका थिए भने बिशाल वारियर्सका कप्तान पारस खड्काले सगरमाथा लेजेंड्स बिरुद्द ९९ तथा सगरमाथा लेजेंड्सका सुनिल धमलाले बिशाल वारियर्स बिरुद्द ८७ रन बनाएका थिए ।

यसै खेलमा बलिंग तर्फ चितवन टाइगर्सका खेलाडी प्रवीण गुप्ताले एकै ओभरमा चार विकेट लिएका छन् ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]