नेपालको समूहमा रहेको बंगलादेश भारतसँग पराजित

२०८१ जेष्ठ २०, आईतवार ०७:४०

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आइतबारबाट सुरु नवौं संस्करणको आइसीसी टी-२० विश्वकपको अन्तिम वार्मअप खेलमा नेपालसँग एकै समूहमा रहेको बंगलादेश भारतसँग पराजित भएको छ ।

शनिबार राती अमेरिकाको न्युयोर्कमा सम्पन्न खेलमा भारत ६० रनले विजयी भयो ।

भारतले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनायो ।

बंगलादेशका लागि मेहमुदुल्लाहले २८ बलमा ४० तथा शाकिब अल हसनले ३४ बलमा २८ रन बनाएका थिए ।

भारतका लागि शिभम दुवे र अर्शदिप सिंहले समान दुई दुई तथा हार्दिक पान्ड्या, जसप्रित बुमराह, मोहम्मद सिराज र अक्षर पटेलले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

भारतका लागि रिषभ पन्तले ३२ बलमा ५३ तथा हार्दिक पान्ड्याले २३ बलमा अविजित ४० रन बनाए ।

बंगलादेशका लागि तनविर इस्लाम, मेहमुदुल्लाह, मेहदी हसन र शरिफुल इस्लामले समान एक एक विकेट लिए ।

बंगलादेश टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा हुँदैछ ।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy