पन्जाबमाथि बैंगलोरको ठुलो जित, प्लेअफ पुग्ने सम्भावना कायम नै

  • विकेटनेपाल, बैशाख ३१ – सोमबार

इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत सोमबार सम्पन्न एक मात्र खेलमा रोयल च्यालेंजर्स बैंगलोरले ठुलो जित हात पारेको छ । होलकर मैदान इन्दौरमा भएको खेलमा बैंगलोरले किंग्स एलेभेन पन्जाबलाई १० विकेटले पराजित गर्यो ।

यो बैंगलोरको आइपिएल इतिहासमा तेस्रो १० विकेटको जित हो । यसअघि सन् २०१० मा राजस्थान रोयल्स र सन् २०१५ मा दिल्ली डेयरडेभिल्सलाई बैंगलोरले १० विकेटले हराएको थियो ।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको पन्जाबले खराब प्रदर्शन गर्दै मात्र ८८ रन जोड्न सकेको थियो । लोकेश राहुल र क्रिस गेलले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा पन्जाब यो सिजनकै कम् स्कोरमा समेटिन पुग्यो । उसको इनिंगम एरन फिन्चले २६, लोकेश राहुलले २१ तथा क्रिस गेलले १८ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । पन्जाबका ३ ब्याट्सम्यान रन आउट को शिकार बनेका थिए ।

बैंगलोरको बलिंगमा म्यान अफ द म्याच उमेश यादवले सर्वाधिक ३ विकेट हात पारेका थिए । ४ ओभरको स्पेलमा २३ रन खर्चंदा यादवले राहुल, गेल र एन्ड्रीउ टाईको विकेट चट्काएका थिए । यस्तै मोहम्मद सिराज, कोलिन डी ग्रयाण्डहोम, युजभेंद्र चहल र मोइन अलिले समान १-१ विकेट लिएका थिए ।

जवाफमा ८९ रनको झिनो लक्ष्य बैंगलोरले मात्र ८.१ ओभरमा पुरा गर्यो । उसको चेजमा कप्तान विराट कोहली अविजित ४८ तथा पार्थिव पटेल ४० रनमा अविजित रहे । कोहलीले २८ बलमा ६ चौका र २ चौका तथा पटेलले २२ बलमा ७ चौका प्रहार गरे ।

यससंगै बिराट कोहली सर्वाधिक पटक आइपिएल क्रिकेटको एकै सिजनमा ५०० रन प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । कोहलीले ५ पटक एकै सिजन ५०० रन प्राहार गरिसकेका छन् । यस्तै कोहली पछि डेभिड वार्नरले ४ सिजन ५०० रन बनाएका थिए ।

जितसंगै बैंगलोरको १२ खेमा १० अंक भएको छ र उसको अन्तिम ४ मा पुग्ने सम्भावना जीवित नै रहेको छ । यस्तै पराजित बनेको टोलि पन्जाबले भने अब प्लेअफमा पुग्न बाँकी सबै (२) खेल जित्न पर्ने छ । पन्जाबको १२ खेलबाट १२ अंक रहेको छ ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]