सेमिफाइनल समीकरण पुरा

Nitu Bhandari
  • विकेटनेपाल, कैलाली बैशाख २४

कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको सेमीफाईनलमा समिकरण पुरा भएको छ । बारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसगै सेमिफाईनल समिकरण पुरा भएको हो । समुह बि मा रहेका बारा र कैलालीले आफ्नो पहिलो खेलमा पराजित भएका कारण जित्ने टीम सेमिफाईनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो ।

सोमवार हुने पहिलो सेमिफाईनलमा अव समुह ए को विजेता एपिएफसग समुह वी को उपविजेता कैलालीले फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह वी को विजेता राईजिङ क्रिकेट वुमनले समुह ए को उपविजेता मिलन क्रिकेट एकेडेमी झापासग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले व्याटिङ गर्दै वारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा ६७ रनको सामान्य योगफल मात्रै वनाउन सक्यो । जसमा व्याटवाट ५० र अतिरिक्तवाट १७ रन वनेको थियो । शनिवार राईजिंग क्रिकेट वुमनसगको खेलमा पनि वाराले ७३ रनको स्कोर मात्रै वनाउन सकेको थियो ।
राईजिगले वारा विरुद्ध प्रतियोगिताकै सर्वाधिक २०३ रनको स्कोर खडा गरेको थियो । वाराको पारीमा सरस्वती पुनले १९ र ममता चौलागाईले १० रन वनाईन । अरु खेलाडीहरुले दोहोरो रन स्कोर वनाउन सकेनन् । कैलालीका लागि सुमन विष्टले २ विकेट लिईन् । कविता कुवर अन्जली चन्द लक्ष्मी साउदले एक एक विकेट लिईन ।

६८ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले सहज रुपमा पुरा गर्यो । मन्जु मन्जु वोगटीको ३३ रनको अविजित पारी र कविता कुवरको २२ रनको मदत्तले कैलालीले १२ ओभरमा २ विकेट क्षतीमा लक्ष्य भेटायो । वाराकी सामना पुनले एक विकेट लिईन । खेलमा उत्कृष्ट व्याटिङ गरेकी मन्जु वोगटीले वुमन अफ द म्याच हुदै नगद तीन हजार हात पारिन् ।





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]