बिबीएल ड्राफ्ट आज, के बिक्लान सन्दीप र ललित !

अस्ट्रेलियाको बिग ब्यास लिग(बिबीएल) को ड्राफ्ट आज हुदैछ । खेलाडी ड्राफ्ट नेपाली समयअनुसार बिहान पौने ११ मा सुरु हुनेछ । ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई स्पिनर सन्दिप लामिछाने र ललित राजवंशी अस्ट्रेलियाको बिग ब्यास लिगको ड्राफ्टमा परेका छन्।

बुधबार बिग ब्यासले पुरुष र महिला बिग ब्यासको लागि ३० देशका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ जसमा ४३२ पुरुष तथा १६१ महिला क्रिकेटरहरु छन्। सोहि सूचीबाट खेलाडीहरुको चयन हुनेछ। नेपालबाट दुई जना मात्र क्रिकेटर ड्राफ्टमा परेका हुन्।

सेप्टेम्बर १ तारिख आइतबार हुने ड्राफ्टबाट लिगका ८ टिमले खेलाडी चयन गर्नेछन्। लिग डिसेम्बर १५ देखि सुरु हुने तालिकाछ।

सन् २०१८/१९ सिजनमा पहिलो पटक बिग ब्यास लिगमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका सन्दिपले त्यसपछि २०१९/२० सिजनमा मेलबर्न स्टार्सकै लागि, २०२०/२१ र २०२१/२२ मा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका थिए। पछिल्लो पटक ग्लोबल टि-२० लिग खेलेका सन्दिपले त्यस बाहेक अन्य लिग खेलेका छैनन्।

हाल सम्म अन्तर्राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेका देब्रे हाते स्पिनरले नेपालको लागि २९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ३७ विकेट र टि-२० अन्तर्राष्ट्रियमा १८ विकेट लिएका छन्। उनले २०१८ मा नेदरल्याण्ड विरुद्ध नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]