सन्दिप कप्तान हुनु पछाडी यस्ता छन् कारण

Sandeep Lamichhane

भर्खरै १६ पुरा भएर १७ वर्षमा टेकेका सन्दिप लामिछाने श्रीलंकामा हुने यु-१९ एसियाकप खेल्ने नेपाली टिमको कप्तान चुनिएपछि धेरैको लागि यो निर्णय आश्चर्य बनेको छ l एकातर्फ कलिलो उमेर अर्कोतर्फ कप्तानीको अनुभब समेत नभएका सन्दिपलाई एकै पटक ठुलो जिम्मेवारी दिईएको छ l टिमको मुख्य बलर समेत हुँदा उनको खेलमा अतिरिक्त भार थपिने हो कि भन्ने चिन्ता पनि छ l यस्तो अवस्थामा यति ठुलो जिम्मेवारी किन दिईएको भनेर विकेटनेपालले आज प्रशिक्षक बिनोद दाससंग जिज्ञाशा राखेका थियौ l

‘सन्दिप समग्रमा प्याकेजमा हेर्दा राम्रो लिडर जस्तो देखिन्छन् l अहिले देखि उनलाई तयार गर्नसक्ने हो भने उनि भबिष्यको लागि पनि उपयोगी हुनसक्छन् l सन्दिप त्यस्तो खेलाडी हुन् जो लामो समय नेपाली टिममा रहन सक्छन्’  प्रशिक्षक दासले प्रस्ट पारे l

अन्य २-३ जना रोजाइहरु भए पनि सन्दिपलाई कप्तानी दिनुमा उनको अनुभब, ब्यक्तित्व र खेलको ज्ञान मुख्य कारण रहेकोमा जोड दिए-

‘अनुभब मुख्य कुरा हो, हामीसंग २-३ वटा रोजाइहरु थियो l दिपेन्द्र ऐरीलाई हामीले उपकप्तान बनाएका छौ l सबैभन्दा ठुलो कुरा प्रस्तुति हो र समग्रमा हेर्दा सन्दिपमा टिमलाई नेतृत्व गर्ने कुरामा अरुभन्दा अघि देखिन्छन् l सन्दिपसंग खेलको पनि राम्रो समझ छ l’

Binod Das
प्रशिक्षक बिनोद दास

यसै वर्ष बैशाखमा पहिलो पटक यु-१९ बिश्वकपमा नेपाली रास्ट्रिय टिमको जर्सी लगाएका सन्दिपले त्यसपछि यसै बर्ष अप्रिलमा नामिबियासंगको खेलमा रास्ट्रिय टिमको लागि डेब्यु गरेका थिए l त्यसपछि हंगकंग टि-२० ब्लिट्ज खेल्न मे महिनामा हंगकंग पुगेका सन्दिपले त्यहाँ अस्ट्रेलियन पुर्ब कप्तान माइकल क्लार्क संग खेल्ने मौका पाएका थिए l त्यसपछि क्लार्ककै निम्तोमा अस्ट्रेलिया पुगेका सन्दिप डेढ महिना न्यु साउथ वेल्स प्रिमियर ग्रेड क्रिकेट खेलेर नेपाल फर्किएका हुन् l

प्रशिक्षक दासले दिपेन्द्र ऐरी, सन्दिप सुनार दुवै नेपाली टिमको उत्कृस्ट खेलाडी रहेकोमा दुई मत नरहेको प्रस्ट्याए-

‘सन्दिप र दिपेन्द्र ऐरी दुवै टिमको उत्कृस्ट र महत्वपूर्ण खेलाडी हुन् l तर समग्रमा हेर्दा हामी सबै सन्दिपनै कप्तान बन्नको लागि उत्कृस्ट रोजाइ रहेको कुरामा सहमत भयौ l’

नेपाली टिमको कप्तानी यु-१९ बिश्वकपमा राजु रिजालले गरेका थिए l उक्त प्रतियोगितामा सन्दिपले उत्कृस्ट प्रदर्शन गर्दै प्रतियोगिताकै दोश्रो सर्बाधिक विकेट लिने खेलाडी बनेका थिए l प्रतियोगितामा १४ विकेट आफ्नो नाम गर्नेक्रममा उनले आयरल्याण्डसंग हयाटट्रिक सहित ५ विकेट लिएका थिए l प्रतियोगिताको दौरान उनले नेपाली शेनवार्नको रुपमा पनि चर्चा बटुलेका थिए l

रास्ट्रिय टिमको लागि ५ वटा खेल खेलेका सन्दिपले ५ विकेट लिएका छन् l यस्तै अस्ट्रेलिया वेस्टर्न सबर्बस्को लागि अस्ट्रेलियाको न्यु साउथ वेल्सको प्रतियोगितामा ११ खेलमा २० विकेटको प्रदर्शन गरेका थिए l

यो पनि पढ्नुस :- 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]