रोहित र कुशलको साझेदारीले चितवनलाई पराजित गर्दै भैरहवा दोश्रो क्वालीफायर प्रवेश

  • विकेटनेपाल, पौष-४ , बुधबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत इलिमीनेटर खेलमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडीएटर्स दोश्रो क्वालीफायर खेल्न छनौट भएको छ। खेलमा चितवन टाइगर्सले पहिले ब्याटिंग गर्दै दिएको १४० रनको लक्ष्य भैरहवाले १८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

जितसंगै भैरहवाले अब दोश्रो क्वालीफायरमा बिहिबार काठमाडौँ किंग्स-११ को सामना गर्नेछ। उक्त खेलको विजेताले शनिवार फाइनलमा ललितपुर प्याट्रीएट्सको सामना गर्नेछ।

लक्ष्य पछ्याउने क्रममा भैरहवाले लगातार विकेट गुमाउन पुग्यो। ओपनर मोहम्मद नबिद ( ४ रन ) दोश्रो ओभरमा ललित भण्डारीबाट क्याच आउट भए। त्यसपछि प्रतियोगितामा उत्कृस्ट लयमा रहेका रभी इन्दर सिंह पनि ४ रननै बनाएर ऐरिको बलमा विकेटकिपरबाट समातिन पुगे। यस्तै कमलले खाता नखोल्दै रायन टेन डेस्काटेलाई पनि क्याच आउट गरुडा ४.१ ओभरमा भैरहवा २०/३ को नाजुक स्थितिमा पुग्यो।

चौथो विकेटको लागि कप्तान शरद भेसावकर र ओपनर प्रदिप ऐरिले ५६ रनको साझेदारी गरे जसपछि ऐरि ४२ रन बनाएर १३ औं ओभरमा कमल ऐरिको बलमा विकेटकिपरबाट समातिन पुगे। उनले ३८ बलमा ६ चौका प्रहार गरे।

ऐरिको विकेट पछि लगातार विकेट गुमाएको भैरहवाका कप्तान शरद भेसावकर ( २९ रन ) र आरिफ शेख ( ६ रन ) लाई लगातार आउट भए। भेसावकरलाई दिपेन्द्र ऐरिले क्याच आउट गराए भने आरिफ रोहितसंग असमझदारी हुँदा रन आउट हुन पुगे।

त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका रोहित पौडेल र कुशल मल्लले सातौं विकेटको लागि ५१ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

अन्तिममा दुवै ब्याट्सम्यानले आक्रामक इनिंग खेल्दा भैरहवाले १८.२ ओभरमै खेल आफ्नो पक्षमा पार्यो। पौडेलले २४ रन बनाउन १४ बलमा २ चौका र १ छक्का तथा मल्लले २७ रन बनाउन १३ बलमा २ चौका र २ छक्का प्रहार गरे।

१९ औं ओभरमा रोहित पौडेलले ललित सिंह भण्डारीको पहिलो २ बलमा लगातार चौका प्रहार गर्दै टिमलाई जितसम्म पुर्याएका थिए।चितवनको लागि कमल सिंह ऐरिले सर्वाधिक ३ विकेट ( ४-०-२६-३ ) लिए भने ललित सिंह भण्डारी र दिपेन्द्र ऐरिले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच प्रदिप ऐरि घोषित भए।

चितवनको ब्याटिंग 

यस अघि पहिले ब्याटिंग गर्दै चितवन टाइगर्सले २० ओभरमा ८ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो।

Dipendra Airee
Dipendra Airee

खेलमा टस हारेर फिल्डिंग गर्ने क्रममा चितवनको सुरुवात राम्रो हुन सकेन। सन्दिप सुनार ( ४ रन ) दोश्रो ओभरमा रायन टेन डेस्काटेकको बलमा मिड अनमा अविनाश बोहराको हातबाट क्याच आउट भए। त्यसपछि लगत्तै ओभरमा ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाएका अर्का ओपनर पल स्टरलिङ्गलाई मोहम्मद नबिदले क्याच आउट गराए।

पाँचौ ओभरमा कप्तान पृथु बास्कोटा ११ बल खेल्ने पनि खाता नखोल्दै नबिदकै बलमा आउट हुँदा चितवन २४/३ ( ४.३ ओभर ) को अवस्थामा पुग्यो।

चौथो नम्बरमा आएका जोन सिम्पसन र दिपेन्द्र ऐरिले चौथो विकेटको लागि ३१ रनको साझेदारी गर्दै इनिंग अघि बढाए पनि सिम्पसन १४ रन ( १५ बल, २ चौका ) बनाएर नवौं ओभरमा भुवन कार्कीको सिकार भए।

पाँचौ विकेटको लागि दिपेन्द्र ऐरिले भिम शार्कीले २० रनको साझेदारी गरे पछि भिम ९ रन बनाएर आउट भए। त्यसपछि ऐरिले जर्ज स्कटसंग २० रनको साझेदारी गरे। स्कट ९ रन मा आउट हुँदा टाइगर्सले छैठौं विकेट गुमायो। शार्की र स्कटको विकेट अविनाश बोहराले लिए।

लगातार अर्को किनारमा विकेट गुमे पनि दिपेन्द्र ऐरिले एउटा किनार सम्हाल्दै अर्धशतक पुरा गरे। रायन टेन डेस्काटेले गरेको १७ औं ओभरमा लगातार ४ चौका प्रहार गर्दै त्यसै ओभरमा कुल १९ रन बटुल्दै उनले प्रतियोगितामा दोश्रो अर्धशतक पुरा गरे। यस अघि ऐरिले पोखरा राइनोजसंग अविजित ५४ रन बनाएका थिए।

अर्धशतक बनाए पछि ऐरि ५६ रन बनाएर मोहम्मद नबिदको बलमा १९ औं ओभरमा आउट भए। कमल सिंह ऐरि त्यसपछि १३ रन बनाएर आउट भए भने अन्तिममा ललित भण्डारी ४ रन बनाएर अविजित रहे।

फलस्वरुप चितवनले २० ओभरमा ८ विकेट गुमाएर १३९ रनको योगफल खडा गर्यो।

भैरहवाको बलिङ्गमा युएई क्रिकेटर समेत रहेका मोहम्मद नबिदले ३ विकेट लिन ४ ओभरमा २४ रन खर्चिए। यस्तै अविनाश बोहराले २ विकेट ( ४-०-१३-२ ) लिए भने रायन टेन डेस्काटे, कृष्ण कार्की र भुवन कार्कीले समान १/१ विकेट लिए।

( फिचर फोटो – भैरहवा ग्ल्याडीएटर्स , फेसबुक )





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]