ललितपुरलाई पराजित गर्दै भैरहवा फाइनलमा, बिराटनगरको सामना गर्ने

  • विकेटनेपाल, पौष १३ – बिहिबार

एभरेस्ट प्रिमियर लिग अन्तर्गत दोश्रो क्वालिफायरमा ललितपुर प्याट्रीयट्सलाई रोमान्चक खेलमा ३ विकेटले पराजित गर्दै भैरहवा ग्लाडीएटर्स फाइनलमा प्रवेश गरेको छ ।  फाइनलमा भैरहवाले बिराटनगर वारियर्सको सामना गर्ने छ ।

|| स्कोरकार्ड ||

किर्तिपुर मैदानमा भएको खेलमा ललितपुरले दिएको १३३ रनको लक्ष्य पछ्याउनेक्रममा भैरहवाले ३ बल अगाबै ७ विकेटको क्षतिमा पुरा गरेको थियो । उसका लागि ओपनर प्रथम सालुंखेले ३२ रन बनाउन २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै भुपेन्द्र थापाले १९ रन बनाउन २९ बलमा १ छक्का प्रहार गरे । पुनित मेहराले पनि ११ बलमा १६ रन बनाए ।

अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहेको अवस्थामा म्यान अफ द म्याच समेत घोषित रोहित कुमार पौडेलले पहिलो २ बलमा लगातार २ छक्का प्रहार गर्दै खेल जिताए। उनले अविजित २८ रन बनाउन १७ बलमा २ छक्का र १ चौका प्रहार गरे।

बलिंगतर्फ ललितपुरका ललित राजबंशीले २ विकेट हात पार्न ४ ओभरमा ९ रन मात्र खर्चिए त्यस्तै पवन सर्राफले २५ रनमा २ विकेट लिदा रशिद खानको नाममा १ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो । उत्कृस्ट सुरुवात गरेको उसका लागि ओपनर जयकिशन कोल्सावालाले ४२ रन बनाउदै पहिलो विकेटका लागि शंकर रानासँग मिलेर ५१ रनको साझेदारी गरेका थिए । कोल्सावालाले ३७ बलमा २ छक्का र ५ चौका प्रहार गरे भने शंकर रानाले मात्र १२ रन बनाउन सके ।

त्यस्तै ज्ञानेन्द्र   मल्लले २४ बलमा २०, संन्नी पटेलले १८ बलमा अविजित २४, सोनु तामांगले ४ बलमा १० तथा दिपेश भण्डारीले ९ बलमा २ चौका र २ छक्का सहित २२ रन प्रहार गरेका थिए ।

बलिंगतर्फ भैरहवाका पुनित मेहराले २ विकेट लिदा हरिशंकर शाह र भुवन कार्कीको नाममा एकएक विकेट रह्यो ।

फाइनल खेल शनिबार बिहान ११ बजे सुरु हुनेछ ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]