भैरहवा दोश्रो हुदै प्ले-अफमा, पहिलो क्वालिफायरमा बिराटनगरसँग भिड्ने

  • विकेटनेपाल, पौष ११ – मंगलबार

किर्तिपुर मैदानमा लिगचरणका अन्तिम खेलहरु चलिरहेको दिन भैरहवा ग्लाडीएटर्सले चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै अंकतालिकामा दोश्रो स्थानमा रहदै प्ले-अफ सम्मको यात्रा गरेको छ । अर्कोतर्फ चितवन टाइगर्सले भने एकखेलमा मात्र जित हात पार्दै अन्तिम स्थानमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

|| स्कोरकार्ड ||

चितवन टाइगर्सले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको भैरहवाले कुनै समय १ रनको योगफलमा २ विकेट गुमाइसकेको थियो । प्रथम सालुंखेले ठुलो सट खेल्ने चक्करमा ३ बलमा शुन्य रनको स्कोरमा स्टम्प आउट भएका थिए भने प्रदीप ऐरीले पनि सोहि चक्करमा १ रनमा आउट भएका थिए ।

त्यसपछि भुपेन्द्र थापा र रोहित कुमार पौडेलले पारि सम्हाल्ने प्रयास गरे र केहि हदसम्म सफल पनि भए । भुपेन्द्र थापाले १३ रन बनाए भने रोहित पौडेलले पनि धैर्यता पुर्वक १९ रनको पारि खेले । पुनित मेहराले ३१ रन बनाउन २९ बलमा ३ चौका प्रहार गरे । अन्त्यमा खेलमा म्यान अफ द म्याच घोषित शरद भेसावाकरले बिजयी रन हान्ने चक्करमा ८ रनमा आउट हुन पुगे । कृष्ण कार्कीले ९ रन बनाएर अविजित रहे ।

अन्त्यमा कमल सिंह ऐरीले लगातार दुईवटा बाउन्सर फालेपछि जितको लागि १ रन आबश्यक रहेको अवस्थामा अम्पाएरले नो-बल दिएपछि भैरहवाले खेल १८.३ ओभरमा जितेको थियो ।

बलिंगतर्फ शाहब आलमले २ विकेट लिन ४ ओभरमा १२ रन खर्चिए, दिपेन्द्र ऐरीले २, प्रवीण गुप्ता र कमल सिंह ऐरीले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको चितवनले खराब ब्याटिंग गर्दै २० ओभरको समाप्तीमा ९ विकेट गुमाएर ८७ रनको योगफल तयार पारेको छ ।

टस हारेर ब्याटिंगमा उत्रेको चितवनका लागि कुनै समय पनि राम्रो लयमा देख्न सकिएन । उसका लागि दिपेन्द्र सिंह ऐरीले १५ रन बनाउन १४ बल खर्चे, त्यस्तै योगेन्द्र सिंह कार्कीले पनि १५ रन बनाउन समान १४ बल नै खर्चे । आकाश थापाले ११ रन बनाउदा ललित सिंह भण्डारीले अविजित ८ रन बनाउने क्रममा १९ औं ओभरमा छक्का प्रहार गर्दै टिमको स्कोर लाई केहि हदसम्म उकासे । अन्य ब्याट्सम्यानहरु ले दोहोरो अंक छुन सकेनन् ।

बलिंगतर्फ शरद भेसावकरले सर्बाधिक ३ विकेट हात पार्न ४ ओभरमा १२ रन खर्चे, हरिशंकर शाह र भुवन कार्कीले २ विकेट लिदा कृष्ण कार्की र पुनित मेहराको नाममा १/१ विकेट रह्यो ।

यो सँगै प्रतियोगिता अन्तर्गत पहिलो क्वालिफायर खेल्ने दुई टोलीको टुंगो लागिसकेको छ, भोलि बिहान ९ बजे बिराटनगर र भैरहवा भिड्ने छन् ।

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]