भैरहवालाई काठमाडौंको ११९ रनको लक्ष्य

  • विकेटनेपाल, मङ्सिर ५ – बुधबार

किर्तिपुर मैदानमा जारि भैरहवा ग्लाडीएटर्स र काठमाण्डौ किंग्स ११ बिचको दिनको दोश्रो खेलमा भैरहवालाई काठमाडौंले ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कोरकार्ड

टस जितेर पहिले ब्याटिंग गरेको काठमाण्डौका लागि अमित श्रेष्ठले सर्बाधिक २९ रन बनाउदा ३२ बलमा ४ चौका प्रहार गरे । सागर कुमारले सागर   कुमारले मात्र २ चौका सहित २५ बलमा २८ रन बनाउदा राजु रिजालले २० रन तथा सागर पुनले १५ रन बनाए । सिद्धान्त लोहनी र   बिक्रम भुसाल गोल्डेन डक भएको खेलमा   फर्वीज महरूफ़ले ७, अक्षय फर्नान्डोले २ तथा अमर सिंह रौटेलाले ३ रन बनाए ।

भैरहवाका लागि राम्रो कप्तानीको नमुना प्रस्तुत गर्दै सुरुवातमा स्पिनरलाई बलिंग गराउने सरद भेसावाकरको निर्णय सफल भयो । उसका दिपेश श्रेष्ठले    १६ रन खर्चेर ३   विकेट   हात पार्दा कप्तान शरदको नाममा २ विकेट रह्यो । यस्तै आरिफ शेख   र पुनित मेहराले १/१ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा भैरहवा केहि समयमा मैदानमा उत्रिदै छ ।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]