अन्शुमन राथको अर्धसतकमा भैरहवालाई १५० रनको लक्ष्य

२०७४ पुष ८, शनिबार ११:४७

  • विकेटनेपाल, पौष ८ – शनिबार

अन्शुमन राथले उत्कृस्ट ब्याटिंग गरेपछि किर्तीपुर मैदानमा जारि दिनको पहिलो खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडीएटर्सलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जित्दै भैरहवाका कप्तान शरद भेष्वाकरले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको बिराटनगर वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १४९ रन बनाउन सक्यो।

बिराटनगरको इनिंगमा अन्शुमान राथले ५७ रनको योगदान गरे। ५० बल सामना गरेका राथले हरिशंकर साहको बलमा बोल्ड हुनअघि ८ चौका प्रहार गरेका थिए। मात्र ९ रन जोड्दा आशिफ शेखको रुपमा पहिलो विकेट गुमाएको बिराटनगरको इनिंगलाई बाबर हायात र अन्शुमान राथको साझेदारीले उकासेको थियो। राथ र हयातले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरे।

हिजोको खेलमा विस्फोटक ब्याटिंग गरेका हयातले आज भने सम्हालिएर खेलेका थिए। हरिशंकर साहको बलमा बोल्ड हुनअघि उनले ३५ बलमा २ चौका र १ छक्काको मद्धतमा ३६ रन बनाए। यस्तै कप्तान पारस खड्काले १५, प्रणित थापा मगरले १४ र कारण केसीले पनि ११ रनको योगदान दिएका थिए।

बलिंगतर्फ भैरहवाका लागि हरिशंकर साहले ४ ओभर बलिंग गर्दै ३५ रन खर्चेर ३ विकेट लिए। यस्तै एक ओभरमात्र बलिंग गरेका आरिफ शेखले १२ रन खर्चेर २ विकेट लिएका थिए। आरिफको एक ओभरमा पारस खड्का र प्रणित थापा मगर पेभेलियन फर्किएका थिए। बिचका ओभरमा अन्शुमान राथ र बाबर हयातले साझेदारी गरेपनि अन्तिमका ओभरहरुमा भैरहवाले लगातार रुपमा विकेट लिंदा बिराटनगर ठुलो स्कोर बनाउन बाट रोकिएको हो।

अहिले भैरहवाले जवाफी ब्याटिंग थालिसकेको छ। यी दुवै टोलि लिगमा अहिलेसम्म अपराजित रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy