अन्शुमन राथको अर्धसतकमा भैरहवालाई १५० रनको लक्ष्य

  • विकेटनेपाल, पौष ८ – शनिबार

अन्शुमन राथले उत्कृस्ट ब्याटिंग गरेपछि किर्तीपुर मैदानमा जारि दिनको पहिलो खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडीएटर्सलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जित्दै भैरहवाका कप्तान शरद भेष्वाकरले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको बिराटनगर वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १४९ रन बनाउन सक्यो।

बिराटनगरको इनिंगमा अन्शुमान राथले ५७ रनको योगदान गरे। ५० बल सामना गरेका राथले हरिशंकर साहको बलमा बोल्ड हुनअघि ८ चौका प्रहार गरेका थिए। मात्र ९ रन जोड्दा आशिफ शेखको रुपमा पहिलो विकेट गुमाएको बिराटनगरको इनिंगलाई बाबर हायात र अन्शुमान राथको साझेदारीले उकासेको थियो। राथ र हयातले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरे।

हिजोको खेलमा विस्फोटक ब्याटिंग गरेका हयातले आज भने सम्हालिएर खेलेका थिए। हरिशंकर साहको बलमा बोल्ड हुनअघि उनले ३५ बलमा २ चौका र १ छक्काको मद्धतमा ३६ रन बनाए। यस्तै कप्तान पारस खड्काले १५, प्रणित थापा मगरले १४ र कारण केसीले पनि ११ रनको योगदान दिएका थिए।

बलिंगतर्फ भैरहवाका लागि हरिशंकर साहले ४ ओभर बलिंग गर्दै ३५ रन खर्चेर ३ विकेट लिए। यस्तै एक ओभरमात्र बलिंग गरेका आरिफ शेखले १२ रन खर्चेर २ विकेट लिएका थिए। आरिफको एक ओभरमा पारस खड्का र प्रणित थापा मगर पेभेलियन फर्किएका थिए। बिचका ओभरमा अन्शुमान राथ र बाबर हयातले साझेदारी गरेपनि अन्तिमका ओभरहरुमा भैरहवाले लगातार रुपमा विकेट लिंदा बिराटनगर ठुलो स्कोर बनाउन बाट रोकिएको हो।

अहिले भैरहवाले जवाफी ब्याटिंग थालिसकेको छ। यी दुवै टोलि लिगमा अहिलेसम्म अपराजित रहेका छन्।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]