भैरहवालाई ललितपुरको १४२ रनको लक्ष्य

  • विकेटनेपाल, पौष ६ – बिहिबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत दिनको पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको ललितपुर प्याट्रीयट्सले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको छ ।

|| स्कोरकार्ड || लाइभ अपडेट ||

ललितपुरका लागि भारतीय खेलाडी योगेश नागरले सर्बाधिक ५४ रन बनाए । ३३ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रन बनाए ।

खातामा स्कोर १ रनमात्र हुदा पवन सर्राफलाई गुमाएको ललितपुरले कोल्सावालालाई पनि व्यक्तिगत १४ रनमा गुमाएको थियो । राजबिर सिंह ८ रन, मेहबूब आलम २रन, कुशल भुर्तेल ४ रन, सुबोध भाटी २ रन, सन्दिप लामिछाने शुन्य रनमा आउट भए भने सोनु तामांग ३ बलमा १ चौका सहित ५ रनमा अविजित रहे ।

बलिंग तर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ विकेट लिन २४ रन खर्चे, आरिफ शेख र पुनित मेहराले २/२ तथा शरद भेसावाकरको नाममा १ विकेट रह्यो ।

भैरहवा केहि समयपछी लक्ष्य पछ्याउदै लागातार दोश्रो जित निकाल्ने धाउन्नेमा हुनेछ भने ललितपुर अघिल्ल्लो हार भुलाउने लक्ष्य सहित उत्रिने छ ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]