रोहित पौडेलको विस्फोटक पारि, भैरहवाको दोश्रो जित

  • विकेटनेपाल, पौष ६ – बिहिबार

रोहित पौडेलको विस्फोटक पारीको मद्दतले भैरहवा ग्लाडीएटर्सले ललितपुर प्याट्रीयट्सलाई रोमान्चक खेलमा ४ विकेटले पराजित गरेको छ ।

|| स्कोरकार्ड || अंकतालिका ||

किर्तिपुर मैदानमा भएको दिनको पहिलो खेलमा १४२ रनको लक्ष्य पाएको भैरहवाले खेललाई अन्तिम बलसम्म्म पुर्याउदै जित आत्मसाथ गर्यो ।

रोहित पौडेलले ३१ रनको विस्फोटक पारि खेल्ने क्रममा ११ बलमा ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै म्यान अफ द म्याच समेत घोषित पुनित बिस्टले ३८ बलमा २ छक्का र ५ चौकाको मद्दतले ५० रनको पारि खेले । आरिफ शेखले २२ बलमा अविजित २७ रन बनाउदा रोहित पौडेल अन्तिम ओभरको पाचौ बलमा रन आउट भएपछी आएका कृष्ण कार्कीले अन्तिम बलमा चौका प्रहार गर्दै खेल जिताए ।

यसअघि टस हारेर ब्याटिंग गरेको ललितपुरका लागि भारतीय खेलाडी योगेश नागरले सर्बाधिक ५४ रन बनाए । ३३ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रन बनाए ।

खातामा स्कोर १ रनमात्र हुदा पवन सर्राफलाई गुमाएको ललितपुरले कोल्सावालालाई पनि व्यक्तिगत १४ रनमा गुमाएको थियो । राजबिर सिंह ८ रन, मेहबूब आलम २रन, कुशल भुर्तेल ४ रन, सुबोध भाटी २ रन, सन्दिप लामिछाने शुन्य रनमा आउट भए भने सोनु तामांग ३ बलमा १ चौका सहित ५ रनमा अविजित रहे ।

Rohit Paudel
रोहित पौडेल (फाइल फोटो)

बलिंग तर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ विकेट लिन २४ रन खर्चे, आरिफ शेख र पुनित मेहराले २/२ तथा शरद भेसावाकरको नाममा १ विकेट रह्यो ।

भैरहवाबाट खेलिरहेका रोहित पौडेल यस्तै विस्फोटक पारीको लागि चिनिने गर्दछन । उनले सन् २०१६ मा भारत बिरुद्द भएको युथ एसिया कप क्रिकेटमा अन्तिम ओभरमा २४ रन प्रहार गरेका थिए ।

लगातार दोश्रो जितसँगै भैरहवा ४ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ भने ललितपुर तेस्रो खेलमा दोश्रो हारसँगै चौथो स्थानमा झरेको छ ।

भिडियो





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]