भैरहवाको ब्याटिंग चल्न सकेन, फाईनल प्रवेशका लागि बिराटनगरलाई १२८ रनको लक्ष्य

  • विकेटनेपाल, पौष १२ – बुधवार

बिराटनगर वारियर्सका बलरको कसिलो बलिंगको फलस्वरूप एभरेस्ट प्रिमियर लिगको पहिलो क्वालीफायरमा भैरहवा ग्लाडीएटर्स १२७ रनमा रोकिएको छ। किर्तिपुर मैदानमा जारि दिनको पहिलो खेलमा पहिले ब्याटिंग गर्दै भैरहवाले बिराटनगरलाई १२८ रनको लक्ष्य दिएको छ।

टस जित्दै बिराटनगर वारियर्सका कप्तान पारस खड्काले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको भैरहवाले निर्धारित २० ओभरमा १२७ रन मात्र जोड्न सक्यो। भैरहवाका लागि आरिफ शेख र पुनीत मिश्र बाहेक अन्य ब्याट्समेन चल्न नसक्दा, शरद भेष्वाकरको टोलि ठुलो स्कोर बनाउन बाट चुक्यो।

टोलीको स्कोर मात्र ३ रन हुँदा भुपेन्द्र थापाको रुपमा पहिलो विकेट गुमाएको भैरहवाले थप १५ रन जोड्दा दोस्रो विकेटका रुपमा बिदेशी खेलाडी राहुल यादवलाई गुमाएको थियो। टिमको स्कोर १८ रन हुँदानै कप्तान शरद भेष्वाकरपनि पभेलीयन फर्किएपछि भैरहवा थप शंकटमा पर्यो। युवा खेलाडी रोहित पौडेलले पनि खेलमा प्रभाव जमाउन सकेनन्। मात्र ९ बल खेल्दै ६ रन जोडेर उनि आउट भए।

रोहित पौडेलको विकेट पछि ब्याटिंग गर्न आएका आरिफ शेखले पुनित मिश्रसंग ८२ रनको साझेदारी गर्दै भैरहवाको इनिंगलाई उकास्ने प्रयास गरे। ३५ बल खेलेका शेखले १ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोडे। सुरुवातमा सम्हालिएर ब्याटिंग गरेका उनले इनिंगको अन्त्य तर्फ ठुला सट खेल्नबाट पछि हटेनन्।

यस्तै भैरहवाको इनिंगमा शिर्ष योगदान गर्ने क्रममा पुनित मिश्रले ४९ रन जोडे। आरिफसंग उत्कृस्ट साझेदारी गरेका मिश्रले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। भैरहवाका लागि यी दुई ब्याट्समेन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कसिलो बलिंग गर्ने क्रममा बिराटनगरका कारण केसी र साहन अदिशाले समान २-२ विकेट लिए। ४ ओभर बलिंग गरेका कारणले ३६ रन खर्चंदा अदिशाले भने २९ रन मात्र खर्चिए। बसन्त रेग्मीले मात्र १८ रन खर्चेर १ विकेट लिंदा पारस खड्का र अभिनास कर्णले भने क्रमश १५ रन र २८ रन खर्चेर समान १-१ विकेट लिएका थिए।

बिराटनगरले फाईनल प्रवेशका लागि १२८ रनको लक्ष्य लिएर जवाफी ब्याटिंग सुरु गरिसकेको छ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]