बिवेक यादवको लगातार दोश्रो सतकसंगै सेमिफाइनल समिकरण पुरा

१६ बैशाख राजबिराज ।

राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको छैठा दिनको खेलमा वडा नं. ४ ले वडा नं. ८ लाई रोमान्चक खेलमा २ बिकेटले तथा तथा वडा नं. ५ ले वडा नं. २ लाई १ सय ३७ रनले पराजित गर्दै सेमिफाईनलमा आफनो स्थान पक्का गरेको छ ।

पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगिता अन्र्तगतको छैठो दिनको पहिलो खेलमा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय ३६ रनको योगफल तयार पारेका थिए । वडा नं. ८ का लागि रवी राय ३८, सुनिल चौधरी २५, ईमरान जोशी २१, मुकेश यादव १७ तथा दयानन्द साहले ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ४ का तर्फबाट प्रमोद रजकले २ तथा अनिल यादव, रेवति रायँ र राहुल मण्डलले सामान १ बिकेट लिएका थिए ।

१ सय ३७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ४ ले रोमान्चक तरिकाले १८ ओभर ४ बलमा ८ बिकेटको नोक्सानीमा भेटाएका थिए । वडा नं. ४ का लागि अनिल यादव २७, रोशन साह २१, महवुव आलम १२ तथा रेवति रायले नटआउट रहि १० रनको योगदान दिएक थिए । बलिंग तर्फ वडा नं. ८ का रवी रायले घातक बलिंग गर्दै ४ ओभरमा २५ रन दिई ५ बिकेट लिएका थिए । रवी राय बाहेक अभिजित यादवले २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ४ का अलराउड प्रर्दशन गरे वापत अनिल यादव घोषित भएका थिए ।

सोमवार नैै सम्पन्न एक अर्को खेलमा वडा नं. ५ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा बिवेक यादवको आक्रमक ३६ बलमा ६ चौक्का र १० छक्काको मद्धतले १०५ रन बनाएपछि ५ बिकेटको नोक्सानीमा २ सय ५ रनको बिशाल योगफल तयार पारेका थिए । बिवेक बाहेक वडा नं. ५ का लागि आशिस झाले ४१ तथा नितेश यादवले ३५ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. २ का तर्फबाट अशोक मेहताले २ तथा बिजय मण्डल र रवी रायले सामान १ बिकेट लिएका थिए ।

२ सय ५ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. २ निरिह हुदै १२ ओभर १ बलमा आफना सम्पुर्ण बिकेट गुमाई ६८ रनमै समेटिएको थियो । वडा नं. २ का लागि अशोक मेहता १५ तथा रिशव राय १० बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ वडा नं. ५ का तर्फबाट गुणानन्द रायले ३ तथा बिवेक यादव, मनिश दास र गजेन्द्र माझीले सामान २ बिकेट लिएका थिए भने मिकु मण्डलले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच बिस्फोटक ब्याटिंग गर्ने वडा नं. ५ का बिवेक यादव घोषित भएका थिए ।

प्रतियोगिता अन्र्तगत बिहिवार हुने पहिलो खेल वडा नं. ५ र वडा नंं. १४ बिच हुने जानकारी आयोजक समितिका संयोजक तथा वडा अध्यक्ष समिर झाले गराएका थिए ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]