अनिलको आक्रामक इनिंग, नेपालद्वारा ठुलो लक्ष प्रस्तुत,

अनिल साहले आक्रामक ब्याटिंग गर्दै ९१ रनको इनिंग खेलेपछि नेपालले एसीसी यु-१९ पूवी क्षेत्र प्रतियोगिता अन्तर्गत थाईल्याण्डलाई २८२ रनको लक्ष दिएको छ l नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाई २८१ रन बनायो l

टस हारेर ब्याटिंग गरेको नेपालको लागि अनिलले तेश्रो नम्बरमा ब्याटिंग गर्दै ९१ रन बनाउन मात्र ७४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए l

नेपालको लागि पाचौ नम्बरमा ब्याटिंग गरेका प्रनित थापाले पनि अर्धशतकीय योगदान दिए l थापाले ६१ बलमा ३ चौका र १ छक्का प्रहार गरे l

अनिल शाहले ९१ रन बनाए

सन्दिप सुनारले ३२, आसिफ शेखले २१, दिपेन्द्र ऐरीले २२, रोहित पौडेलले २८ रन योगदान दिए l पवन सर्राफले इनिंगको अन्तिममा २ छक्का मदातले २२ रन बनाउदै अविजित रहेका थिए l

नेपालले अतिरिक्तको रुपमा १३ रन पाएको थियो l

थाईल्याण्ड बलर पायुपथ संगनर्डले सर्बाधिक ३ विकेट हात पारे l

प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा मलेसियामा आयोजना हुने यु-१९ एसीया कप खेल्न छनौट हुनेछ l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक  , स्कोरकार्ड हेर्नुस 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

 

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]