“योजना अनुसार खेल्न सकेनौ” प्रशिक्षक बिनोद दास

binod das
  • विकेटनेपाल, मङ्सिर १ 

यु-१९ युथ एसिया कपको सेमीफाइनलमा अफगानिस्तानसंग पराजित भएपछि प्रशिक्षक बिनोद दासले टिमले निराशाजनक प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

अफगानिस्तानले नेपाललाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएपछि नेपालको प्रतियोगिताको यात्रा टुंगिएको छ।

दासले खेलपछि विकेटनेपालसंग कुराकानी गर्दै अफगानिस्तानसंगको खेलको लागि टिमले योजना बनाएको भन्दा बिपरित प्रदर्शन गरेको प्रतिक्रिया दिए।

“तयारी जस्तो गरेका थियौं त्यस्तो खेल्न सकेनौ, हामीले नराम्रो ब्याटिंग गर्यौ”

दासले टस हारेर पहिले ब्याटिंग गर्दा पनि विकेट ब्याटिंगको लागि खराब नरहेको बताउदै ब्याट्सम्यानहरुलेनै दोष दिए –

“टस महत्वपूर्ण थिएन र विकेटको त्यति नराम्रो अवस्था थिएन । हामीले स्पिनरको लागि योजना बनाएका थियौ तर स्पिनरहरुलाइ आक्रमण गर्न सकेनौ”

“आसिफको विकेट गयौ, दिपेन्द्र विकेट गयो र ३-४ विकेट सुरुमा जाने बितिकै कम्ब्याक गर्ने सकेनौ भिम शार्की र अनिलको साझेदारी पनि रन आउटले टुट्यो”

उनले थपे –

“अफगानिस्तान जस्तो रास्ट्रको लागि चुनौती दिन राम्रो ब्याटिंग गर्नु पर्थ्यो र २०० सम्मको लक्ष दिनसक्नु पर्थ्यो”

अनिल शाहले अर्धशतक प्रहार गरे

१०४ रनको लक्ष पछ्याउने क्रममा अफगानिस्तानले राम्रो ब्याटिंग गरेको र सुरुवातमा आसिफ शेखले क्याच छोड्नुले झनै सजिलो बनाएको दासले बताए।

“आज निकै खराब दिन थियो”

अफगानिस्तानसंग हार बेहोरे पनि प्रतियोगिताको सेमीफाइनलसम्म पुग्नु नेपाली टिमको लागि ठुलो उपलब्धि रहेकोमा दासले खुसि ब्यक्त गरे-

“राम्रो फिडब्याक दिएको छ भारतसंग जितले, दोश्रो चरणमा पुगेकोमा खुसि छौँ”

नेपाली युवा टिमले प्रतियोगिताबाट बिश्वमा आफ्नो स्तर कहाँ छ भन्ने प्रस्तुत गरेको र अवसर पाएको खण्डमा नेपाली टिमको लागि योगदान दिन सक्ने कुरामा दासले जोड दिए –

“बाहिरको प्रशिक्षकहरुसंग सम्पर्कछ , यो टिमबाट ५-६ जना केटाहरु बाहिर गएर खेल्न सके भने उनीहरुले देशको लागि योगदान दिन सक्छन्

“नेपाल क्रिकेट संघनै नभएको अवस्थामा मुस्किल छ तैपनि बिदेशी प्रशिक्षकहरुसंग निरन्तर सम्पर्कमा छु। यो टिमबाट ५-६ जनाले यदी बाहिर गएर खेल्ने अवसर पाए भने उनीहरुले देशको लागि योगदान दिन सक्छन्”

नेपालले प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हार पछि दोश्रो खेलमा भारतलाई १९ रनले तथा तेश्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै समुह ‘ए’ को उपविजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको थियो। यु-१९ एसिया कपको सेमीफाइनलसम्म पुगेको योनै पहिलो पटक हो।

टेस्ट रास्ट्र भारतलाई पराजित गरेको पछि प्रतियोगिता नेपाली युवा टिमको ठुलै चर्चा बटुलेको थियो।

यो पनि पढ्नुस – भारतीय मिडियाले यसरी गरे नेपाली टिमको तारिफ

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]