“योजना अनुसार खेल्न सकेनौ” प्रशिक्षक बिनोद दास

२०७४ मंसिर १, शुक्रबार ००:००

binod das
  • विकेटनेपाल, मङ्सिर १ 

यु-१९ युथ एसिया कपको सेमीफाइनलमा अफगानिस्तानसंग पराजित भएपछि प्रशिक्षक बिनोद दासले टिमले निराशाजनक प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

अफगानिस्तानले नेपाललाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएपछि नेपालको प्रतियोगिताको यात्रा टुंगिएको छ।

दासले खेलपछि विकेटनेपालसंग कुराकानी गर्दै अफगानिस्तानसंगको खेलको लागि टिमले योजना बनाएको भन्दा बिपरित प्रदर्शन गरेको प्रतिक्रिया दिए।

“तयारी जस्तो गरेका थियौं त्यस्तो खेल्न सकेनौ, हामीले नराम्रो ब्याटिंग गर्यौ”

दासले टस हारेर पहिले ब्याटिंग गर्दा पनि विकेट ब्याटिंगको लागि खराब नरहेको बताउदै ब्याट्सम्यानहरुलेनै दोष दिए –

“टस महत्वपूर्ण थिएन र विकेटको त्यति नराम्रो अवस्था थिएन । हामीले स्पिनरको लागि योजना बनाएका थियौ तर स्पिनरहरुलाइ आक्रमण गर्न सकेनौ”

“आसिफको विकेट गयौ, दिपेन्द्र विकेट गयो र ३-४ विकेट सुरुमा जाने बितिकै कम्ब्याक गर्ने सकेनौ भिम शार्की र अनिलको साझेदारी पनि रन आउटले टुट्यो”

उनले थपे –

“अफगानिस्तान जस्तो रास्ट्रको लागि चुनौती दिन राम्रो ब्याटिंग गर्नु पर्थ्यो र २०० सम्मको लक्ष दिनसक्नु पर्थ्यो”

अनिल शाहले अर्धशतक प्रहार गरे

१०४ रनको लक्ष पछ्याउने क्रममा अफगानिस्तानले राम्रो ब्याटिंग गरेको र सुरुवातमा आसिफ शेखले क्याच छोड्नुले झनै सजिलो बनाएको दासले बताए।

“आज निकै खराब दिन थियो”

अफगानिस्तानसंग हार बेहोरे पनि प्रतियोगिताको सेमीफाइनलसम्म पुग्नु नेपाली टिमको लागि ठुलो उपलब्धि रहेकोमा दासले खुसि ब्यक्त गरे-

“राम्रो फिडब्याक दिएको छ भारतसंग जितले, दोश्रो चरणमा पुगेकोमा खुसि छौँ”

नेपाली युवा टिमले प्रतियोगिताबाट बिश्वमा आफ्नो स्तर कहाँ छ भन्ने प्रस्तुत गरेको र अवसर पाएको खण्डमा नेपाली टिमको लागि योगदान दिन सक्ने कुरामा दासले जोड दिए –

“बाहिरको प्रशिक्षकहरुसंग सम्पर्कछ , यो टिमबाट ५-६ जना केटाहरु बाहिर गएर खेल्न सके भने उनीहरुले देशको लागि योगदान दिन सक्छन्

“नेपाल क्रिकेट संघनै नभएको अवस्थामा मुस्किल छ तैपनि बिदेशी प्रशिक्षकहरुसंग निरन्तर सम्पर्कमा छु। यो टिमबाट ५-६ जनाले यदी बाहिर गएर खेल्ने अवसर पाए भने उनीहरुले देशको लागि योगदान दिन सक्छन्”

नेपालले प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसंग २ विकेटको हार पछि दोश्रो खेलमा भारतलाई १९ रनले तथा तेश्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै समुह ‘ए’ को उपविजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको थियो। यु-१९ एसिया कपको सेमीफाइनलसम्म पुगेको योनै पहिलो पटक हो।

टेस्ट रास्ट्र भारतलाई पराजित गरेको पछि प्रतियोगिता नेपाली युवा टिमको ठुलै चर्चा बटुलेको थियो।

यो पनि पढ्नुस – भारतीय मिडियाले यसरी गरे नेपाली टिमको तारिफ

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy