एउटा कुराले बाधा नपुगे प्रतियोगिता सजिलै जित्ने प्रशिक्षक दासको दाबी

Coach Binod Das
  • विकेटनेपाल, २७ भदौ 

मलेसियामा जारि एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता नेपालले जित्ने दाबि प्रशिक्षक बिनोद दासले गरेका छन्।

प्रतियोगिता अन्तर्गत सोमबार आफ्नो पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनको बिशाल अन्तरले पराजित गरेपछि विकेटनेपालसंग कुराकानी गर्दै प्रशिक्षक दासले प्रतियोगितामा आफ्नो टिम जित्नको लागि गएको र आफ्नो क्षमता अनुसार खेल्ने हो भने जित्न कुनै मुस्किल नभएको प्रतिक्रिया दिएका छन्।

थाईल्याण्डसंग सहज जित हात पारेपछि दासले टिमको प्रसंसा गर्दै १० ओभरमानै अलआउट गर्नु प्रसंशनीय रहेको बताए।

“थाईल्याण्डसंगको जित अपेक्षितनै थियो । खेलको बीचमा वर्षा हुने अनुमान थियो र टस हारेपछि पहिले ब्याटिंग गर्दा वर्षाले खेल अवरुद्ध हुनसक्ने अनुमान थियो। बल पनि ढिला गुडीरहेको थियो त्यो अवस्थामा १० ओभरमै थाईल्याण्डलाई अलआउट गरेर राम्रो प्रदर्शन गरे”

दासले नेपाली टिमको ब्याटिंगमा सुधार भएको र ब्याट्सम्यानहरुले साझेदारी बनाउनमा जोड दिएको बताए –

“ब्याटिंग पक्ष पहिलेको भन्दा सुधार भएको छ । ब्याट्सम्यानहरुलाई सुरुको २० रन पुरा गर्न र सक्दो साझेदारी विकास गर्न भनिएको छ जसअनुरुपनै थाईल्याण्डसंग टप ६ ब्याट्सम्यानहरुले ब्याटिंग गरेका छन्”

 

टिम राम्रो बाटोमा रहेको भए पनि अझै सुधारको ठाउँ धेरै रहेको दासले जनाए । नेपाललाई प्रतियोगिता जित्न गार्हो नभएको जसमा वर्षा बाहेक अरु कुराको तगारो नरहेकोमा समेत उनले विश्वास ब्यक्त गरे-

“हामि जित्न आएका हौ र हाम्रो क्षमता अनुसार खेल्ने हो भने जित्न कुनै मुस्किल हुने छैन।”

“वर्षाले बाधा नपुर्याउने हो भने प्रतियोगिता जित्न केहि गार्हो हुने छैन। पानिले हाम्रो नियन्त्रणमा छैन । हाम्रो तयारी राम्रो छ आशा गरौं भाग्यले पनि साथ दिनेछ योपालि।

नेपालले थाईल्याण्डसंग टस हारेर पहिले ब्याटिंग गर्दै २८२ रन बनाएको थियो जसपछि ब्याटिंग गरेको थाईल्याण्डले २६ रनमै सबै विकेट गुमाएको थियो । नेपालको लागी ब्याटिंगतर्फ अनिल शाहले ९१ रन तथा बलिंगतर्फ सन्दिप लामिछाने एक्लैले ७ विकेट हात पारेका थिए ।

नेपालले प्रतियोगिता अन्तर्गत बुधबार भुटानको सामना गर्नेछ भने शुक्रबार सिंगापुरको सामना गर्नेछ । समुह चरणको बिजेता र उपबिजेत टिम सेमीफाइनलमा प्रवेश गर्नेछ । अंकतालिका हेर्नुस 

प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा मलेसियामा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ ।

८ टोलि सहभागी रहेको प्रतियोगिताको नेपाल समुह ‘ए’ मा रहेको छ । यो समुहमा सिंगापुर, थाईल्याण्ड, भुटान रहेको छ। समुह ‘बि’ मा मलेसिया, चिन, हंगकंग र म्यानमार रहेका छन् ।

कहाँ हेर्ने अपडेट ? 

खेलको अपडेट विकेटनेपाल फेसबुक पेज र वेबसाइटमा हुनेछ । प्रत्यक्ष भिडियो र फोटोहरु विकेटनेपालमा मलेसियाबाटै प्रतियोगिता भर अपडेट गर्नेछौं । फेसबुक पेजको लिंक  

( मलेसियाबाट विकेटनेपाल सम्बाददाता लागि बिनोद दाससंग साजन शर्माले गरेको कुराकानीमा आधारित )





थप समाचार

नयाँ युगको सुरुआत हुदै

एजेन्सी । शनिबार पाल्लेकेलेमा सुरु हुने भारत र श्रीलंकाबीचको तीन खेलको टी-२० सिरिजको पहिलो खेल नयाँ युगको सुरुवात हुनेछ । […]

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]