रेकर्डको बर्षा भएको खेल जित्दै बिराटनगर प्ले-अफमा

  • विकेटनेपाल, पौष ७ – शुक्रबार

एभरेस्ट प्रिमियर लिगको बिराटनगर वारियर्स र चितवन टाइगर्स बिचको नवौ खेलमा वारियर्सले ७१ रनको सहज जित हात पार्दै प्ले-अफमा स्थान पक्का गरेको छ।

आजको जितपछि बिराटनगरको ३ खेलमा ६ अंक भएको छ भने भैरहवाको दुई खेलबाट ४ अंक र पोखराको ३ खेलबाट ४ अंक रहेको छ । त्यस्तै ललितपुरले ३ खेलमध्ये २ मा पराजित हुदै २ अंक बटुलेको छ । काठमाण्डौले ४ खेलमा २ अंक जोडेको छ र अब उसँग १ खेलमात्रै बाकी रहेको अवस्थामा प्ले-अफमा पुग्ने सम्भावना कठिन भएको छ ।

किर्तिपुर मैदानमा पहिले ब्याटिंग गरेको बिराटनगरले हंगकंगका कप्तान समेत रहेका बाबर हयातको विस्फोटक पारीको मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनायो ।  ४२ बल सामना गरेका बाबरले ५ चौका र ६ छक्का प्रहार गरे ।  उनकै साथि खेलाडी अन्शुमन राथले ४० बलमा ५ चौकाले ४१ रन बनाए ।  त्यस्तै  आसिफ शेखले २१ तथा पारस खड्काले २ छक्का सहित १६ रन बनाए ।

म्यान अफ द म्याच समेत घोषित भएका बाबर ह्यातले दिपेन्द्र सिंह ऐरीको एकै ओभरमा ४ छक्का र १ चौका सहित २९ रन प्रहार गरेका थिए ।

बसन्त रेग्मी

चितवनका प्रवीण गुप्ताले ह्याट्रिक लिएपछि बिराटनगरको तल्लोक्रम चल्न सकेन । उनले ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिनेक्रममा अन्तिम ओभरमा मात्रै ४ विकेट हात पारे । प्रवीण कुमारले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

जवाफमा बिराटनगरका बसन्त रेग्मीले ११ रनमा ४ विकेट लिएपछि चितवनले १८.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । उसका भिम सार्कीले सर्बाधिक २४ रन बनाए भने सन्दिप सुनारले १६ रन, कमल ऐरी र प्रवीण गुप्ताले समान १३ रन तथा साबेज खानले १२ रन बनाएपनि अन्यले दोहोरो अंक छुन सकेनन । अविनाश कर्णले २, करण केसी, अन्शुमन राथ र पुष्प थापाले १/१ विकेट लिए ।

|| स्कोरकार्ड || अंकतालिका ||

रेकर्डको बर्षा

५ विकेट – चितवनका प्रवीण गुप्ताले खेलमा ५ विकेट हात पारेका छन् जुन ईपिएलमा एकै इनिंगमा लिएको सबैभन्दा धेरै विकेट हो ।

३ स्टम्पिंग – आजको खेलमा चितवन टाइगर्सका विकेट किपर दिलिप नाथले ३ वटा स्टम्पिंग गर्दै इपिएलको एकै खेलमा सबैभन्दा धेरै स्टम्प आउट गर्ने किपर बनेका छन् ।

एकै ओभरमा ४ विकेट – प्रवीण गुप्ताले खेलको अन्तिम ओभरमा ४ विकेट लिएका थिए जुन इपिएल एकै ओभरमा लिइएको सबैभन्दा धेरै विकेट हो ।

फराकिलो जित – आजको खेलको जित अन्तर ७१ रन रनको हिसाबले ईपिएलको सबैभन्दा ठुलो हो, अचम्म त यो प्रतियोगितामा रन रोक्नेक्रममा यसभन्दा अघि बिराटनगरले नै प्याट्रीयट्स बिरुद्द ६ रनको जित हात पारेको थियो । अन्य खेलहरुमा लक्ष्य पछ्याउने टोलीहरुले जित हात पारेका छन् ।

ठुलो साझेदारी – दोश्रो विकेटको लागि अन्शुमन राथ र बाबर हायातले गरेको १०७ रनको साझेदारी प्रतियोगिताको दोश्रो ठुलो साझेदारी हो, यसभन्दा अघि पोखरा राइनोजका सुनिल धमला र इस्रार उल्लाहले चितवन टाइगर्स बिरुद्द अविजित ११६ रनको साझेदारी गरेका थिए ।

धेरै रनको योगफल – आजको खेलमा बिराटनगरले बनाएको १७४/८ नै कुनै टिमले बनाएको सबैभन्दा ठुलो हो, दोश्रो स्थानमा १५०/६ रहेको छ जुन बिराटनगरले नै ललितपुर बिरुद्द बनाएको थियो ।

८१ रन – बाबर हयातले बनाएको ८१ रन प्रतियोगितामा कुनै पनि खेलाडीले बनाएको उच्च स्कोर हो । दोश्रो स्थानमा पोखराका इस्रार उल्लाहले बनाएको अविजित ६१ रन रहेको छ ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]