हयातको अर्को अर्धशतक, काठमाण्डौलाई १४८ रनको लक्ष्य

  • विकेटनेपाल, पौष – ९ आईतवार

बाबर हायातको उत्कृस्ट ब्याटिंगको फलस्वरूप बिराटनगर वारियर्सले काठमाण्डौ किंग्स एघारलाई १४८ रनको बिजय लक्ष्य दिएको छ। किर्तिपुर मैदानमा जारि एभरेस्ट प्रिमियर लिगको दिनको पहिलो खेलमा बिराटनगर वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउंदै १४७ रन बनायो।

टस जित्दै काठमाण्डौ किंग्स एघारले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको बिराटनगरले खराब सुरुवात गर्यो। दोस्रो ओभरको अन्तिम बलमा टोलीको खातामा मात्र ११ रन हुँदा आसिफ शेख शुन्य रनमै पेभेलियन फर्किए। त्यसपछि ब्याटिंग गर्न आएका बाबर हायातले अन्शुमान राथसंग दोस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे।

प्रतियोगितामै उत्कृस्ट लयमा रहेका बाबर र अन्शुमानले यसअघिका खेलमा पनि बिराटनगरको इनिंगलाई धेरै पटक सम्हालेका छन्। आजको खेलमा ६७ रनको सानदार इनिंग खेल्ने क्रममा हयातले ५ चौका र ४ छक्का प्रहार गरे। उनले पारस खड्कासंग तेस्रो विकेटको लागि ३४ रनको साझेदारी गरे।

त्यस्तै अन्शुमान राथले पनि बिराटनगरलाई ३२ रनको योगदान गरे। काठमाण्डौका कप्तान फर्भेज महारूफको बलमा एल.बि.डब्लु धरापमा पर्नुअघि उनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

बिराटनगरको इनिंगलाई १४७ रनसम्म पुर्याउने क्रममा कप्तान पारस खड्काले पनि २६ रन बनाए। २५ बल खेलेका खड्काले २ बिशाल छक्का समेत प्रहार गरे।

अघिल्लो खेलमाझैँ यसखेलमा पनि अन्तिमका ओभरमा लगातार विकेट झर्दा बिराटनगर ठुलो स्कोर बनाउन बात बन्चित भयो। बिराटनगरको इनिंगलाई १४७ रनमा रोक्ने क्रममा काठमाण्डौका सोमपाल कामी र अमरसिंह रौटेलाले समान २-२ विकेट लिए।
४ ओभर बलिंग गरेका सोमपालले ३३ रन खर्चदै बाबर हयात र पारस खड्काको महत्वपूर्ण विकेट लिए। यस्तै समान ४ ओभर बलिंग गरेका रौटेलाले ३७ रन खर्चदै कारण केसी र प्रणित थापा मगरको विकेट लिए।

प्ले अफमा स्थान बनाउनका लागि खेल जित्नैपर्ने दवाबमा रहेको काठमाण्डौले जवाफी ब्याटिंग सुरु गरिसकेको छ। बिराटनगरले भने यसअघिनै प्ले अफमा आफ्नो स्थान बनाईसकेको छ।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]