हंगकंगका यी २ स्टार खेलाडी बिराटनगरबाट खेल्ने

  • विकेटनेपाल, पौष २ – आइतबार

पौष ३ गते सोमबारदेखि सुरु हुन लागेको एभरेष्ट प्रिमियर लिगको लागि बिराटनगर वारियर्सले बिदेशी खेलाडीहरु घोषणा गरेको छ ।

काठमाण्डौमा आइतबार आयोजित पत्रकार सम्मेलनमा टिमले बिदेशी खेलाडीहरुको घोषणा गरेको हो । बिदेशी खेलाडीहरुमा हंगकंगका बर्तमान रास्ट्रीय खेलाडीहरु बाबर हयात र अन्स्युमन रथ रहेका छन्।

बाबर हयात र अन्स्युमन रथ

 

ईपिएल क्रिकेटमा कम्तिमा ३ जना बिदेशी खेलाडीहरु हुनुपर्ने नियमअनुसार टिमले २ जना खेलाडी भित्र्याईसकेको र अझै १ जना खेलाडीको खोजीमा रहेको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पारस खड्काले बताए। उनका अनुसार खेलाडीको खोजि भइरहेको र प्रतियोगिताको बिचमा नै पनि तेस्रो खेलाडी टोलीमा आउन सक्नेछन् ।

Babar Hayat (Pic: ESPNcricinfo)

दायाँ हाते ब्याट्सम्यान तथा आबश्यक परेको खण्डमा मध्यम गतिको बलिंग गर्न सक्ने बाबर ह्यातले पहिलो पल्ट रास्ट्रीय टोलीको जर्सी लगाउदा सन् २०१२ मा टी२० क्रिकेटमा नेपाल बिरुद्द मैदानमा उत्रेका थिए । उनले अहिलेसम्म १६ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ टी२० अन्तर्राष्ट्रिय खेलेका छन् । एकदिवसीयको १६ इनिंगमा ४७.८५ को औसतमा ६७० रन बनाएका छन् भने टी२० मा २७.०४ को औसत र करिब १२५ को स्ट्राइक रेटमा ५४१ रन बनाएका छन् जसमा उनको सर्बाधिक स्कोर १२२ रन रहेको छ ।

हंगकंगको रास्ट्रीय टोलीबाट उत्कृस्ट प्रदर्शन गर्दै आईरहेका अर्का खेलाडी अन्स्युमन राथ हुन् । २० बर्षीय उनले १२ ओटा एकदिवसीय अन्तर्राष्ट्रिय तथा २० वटा टी२० अन्तर्राष्ट्रिय खेलहरु खेलेका छन् । विकेटकिपरको समेत भूमिका निभाउने उनले एकदिवसीय क्रिकेटमा १२ इनिंग मा ५६.२० को औसतमा ५६२ रन बनाएका जसमा सर्बाधिक स्कोर अविजित १४३ रन रहेको छ, टी२० मा १९ इनिंगबाट करिब १९ को औसतमा ३२१ रन बनाएका छन् ।

ANsyuman Rath (Pic: ESPNcricinfo)

बिराटनगर वारियर्सले प्रतियोगिताको दोश्रो दिन अर्थात पौष ४ गते ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बिरुद्द खेल्नेछ।  खेल तालिका हेर्नुस  

कप्तान तथा मार्की खेलाडी पारस खड्का रहेको टिममा आकाश  बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी,  अनिल शाह, असिफ शेख, पुस्प थापा रहेका छन् ।

बिराटनगरले अक्सनमा तिब्र गतिका बलर कारण केसीलाई सबैभन्दा धेरै १ लाख ७५ हजारमा खरिद गरेको थियो भने बसन्त रेग्मीलाई १ लाख ६० हजारमा भित्र्याएको थियो ।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्। काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् । लिगको बिजेताले २१ लाख रुपैयाँ पाउनेछ ।

 

टिमको जर्सी सार्वजनिक गर्दै टिम कप्तान पारस खड्का

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy