- विकेटनेपाल, पौष १० – सोमबार
एभरेस्ट प्रिमियर लिग अन्तर्गत दिनको पहिलो खेलमा जित हात पार्दै बिराटनगर वारियर्सले लिग चरणका सबै खेल जितेको छ। साथै काठमाण्डौ किंग्स एघारले प्रतियोगितामा एउटा मात्र जित हात पार्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । उसलाई प्ले अफमा पुग्न अन्य टिमको नतिजाको भर पर्नुपर्ने छ ।
|| स्कोरकार्ड || अंकतालिका ||
किर्तिपुर मैदानमा भएको खेलमा बिराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डौले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन मात्र बनाउन सक्यो र ८ रनले पराजित भयो ।
लक्ष्य पछ्याउने क्रममा टिमको स्कोर १७ रन हुँदा अमित श्रेष्ठ ६ रनको स्कोरमा आउट भए त्यसपछि २५ रन हुँदा सागर पुन पनि २ चौका सहित १२ बलमा १३ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान फर्वीज महरूफ़ र नरेश बुढाऐरले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । बुढाऐर ३२ बलमा ४ चौका सहित ३० रन बनाउदै अन्शुमन राथको बलमा एलबिडब्ल्यु आउट भए । महरूफ़ले पनि ३७ बलमा ४ चौका सहित ४२ रन बनाउदै अन्शुमन राथले नै आउट गरे ।
त्यसपछि लड्खडाउँदै काठमाण्डौले १०६/४ को अवस्थाबाट अन्तिम ३५ बलमा ३३ रन मात्र बनाउदै १३९/९ मा रोकियो । अन्तिममा सिद्धान्त लोहनीले ९ बलमा २ छक्का सहित १५ रन बनाएपनि खेलमा जित दर्ता गर्न नसक्दा टिम प्रतियोगिता बाट बाहिरिएको छ ।
बलिंगतर्फ बिराटनगरका अन्शुमन राथले ३ विकेट हात पार्न ४ ओभरमा १९ रन खर्चे भने बसन्त रेग्मी र रामनरेश गिरिले समान २/२ विकेट हात पार्दा करण केसी र पारस खड्काले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिंग गरेको बिराटनगर वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउंदै १४७ रन बनाएको थियो ।
टस जित्दै काठमाण्डौ किंग्स एघारले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको बिराटनगरले खराब सुरुवात गर्यो। दोस्रो ओभरको अन्तिम बलमा टोलीको खातामा मात्र ११ रन हुँदा आसिफ शेख शुन्य रनमै पेभेलियन फर्किए। त्यसपछि ब्याटिंग गर्न आएका बाबर हायातले अन्शुमान राथसंग दोस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे।
प्रतियोगितामै उत्कृस्ट लयमा रहेका बाबर र अन्शुमानले यसअघिका खेलमा पनि बिराटनगरको इनिंगलाई धेरै पटक सम्हालेका छन्। आजको खेलमा ६७ रनको सानदार इनिंग खेल्ने क्रममा हयातले ५ चौका र ४ छक्का प्रहार गरे। उनले पारस खड्कासंग तेस्रो विकेटको लागि ३४ रनको साझेदारी गरे।
त्यस्तै अन्शुमान राथले पनि बिराटनगरलाई ३२ रनको योगदान गरे। काठमाण्डौका कप्तान फर्भेज महारूफको बलमा एल.बि.डब्लु धरापमा पर्नुअघि उनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
बिराटनगरको इनिंगलाई १४७ रनसम्म पुर्याउने क्रममा कप्तान पारस खड्काले पनि २६ रन बनाए। २५ बल खेलेका खड्काले २ बिशाल छक्का समेत प्रहार गरे।
अघिल्लो खेलमाझैँ यसखेलमा पनि अन्तिमका ओभरमा लगातार विकेट झर्दा बिराटनगर ठुलो स्कोर बनाउन बात बन्चित भयो। बिराटनगरको इनिंगलाई १४७ रनमा रोक्ने क्रममा काठमाण्डौका सोमपाल कामी र अमरसिंह रौटेलाले समान २-२ विकेट लिए। ४ ओभर बलिंग गरेका सोमपालले ३३ रन खर्चदै बाबर हयात र पारस खड्काको महत्वपूर्ण विकेट लिए। यस्तै समान ४ ओभर बलिंग गरेका रौटेलाले ३७ रन खर्चदै कारण केसी र प्रणित थापा मगरको विकेट लिए।
खेलमा २६ बलमा १ छक्का र ४ चौका सहित ३२ रन बनाएका तथा बलिंगतर्फ नरेश बुढाऐर र फर्वीज महरूफ़ सेट भैसकेको अवस्थामा आएर दुवैको विकेट जार्दै १९ रन खर्चेर ३ विकेट हात पारेका अन्शुमन राथ म्यान अफ द म्याच घोषित भए ।
( फोटो – बिराटनगर वारियर्स, फेसबुक )