बिराटनगरको अपराजित यात्रा कायमै, भैरहवा ३५ रनले पराजित

  • विकेटनेपाल, पौष ८ – शनिबार

अन्शुमान राथको उत्कृष्ट ब्याटिंग र अभिनास कर्णको शानदार बलिंगको मद्धतमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडीएटर्सलाई ३५ रनले पराजित गरेको छ। किर्तिपुर मैदानमा जारि एभरेस्ट प्रिमियर लिगको दिनको पहिलो खेलमा जित दर्ता गर्दै बिराटनगरले अंक तालिकामा थप २ अंक जोडेको हो।

बिराटनगरले दिएको १५० रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको भैरहवाले १८.३ ओभरमा अल आउट हुनअघि ११४ रन मात्र जोड्न सक्यो। कुनैपनि ब्याट्समेनले सम्हालिएर रन बनाउन नसक्दा भैरहवाले प्रतियोगितामा पहिलो हार बेहोर्न बाध्य भयो।

 भैरहवाको इनिंगमा प्रदिप ऐरी र हरिशंकर साहले समान १८-१८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले खुलेर खेल्न सकेनन्। बिराटनगर वारियर्सको कसिलो बलिंग र आवश्यक रन रेटको दवाबमा भैरहवाका ब्याट्समेनले आफ्नो खेल प्रदर्शन गर्ने सकेनन्।

 प्रदिप ऐरीले रार्मो सुरुवात पाएपनि सुरुवातलाई ठूलो स्कोरमा बदल्न विफल रहे। बसन्त रेग्मीको बलमा बोल्ड हुनअघि ऐरीले १८ बलमा ४ चौका सहित १८ रन बनाएका थिए।  हरिशंकर साहले पनि २१ बलमा १ चौका सहित १८ रन बनाए। यस्तै पुनित बिष्टले १५, कृष्ण कार्कीले १२ र आरिफ शेखले १० रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन।

अन्शुमान राथले प्रतियोगितामा दोश्रो अर्धशतक प्रहार गरे 

भैरहवालाई सस्तैमा समेट्ने क्रममा बिराटनगरका लागि अभिनास कर्णले ४ विकेट लिए। ४ ओभर बलिंग गरेका कर्णले २५ रन खर्चेर ४ विकेट लिए। यस्तै बसन्त रेग्मीले पनि ३.३ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए। बिराटनगरका लागि कारण केसी, पारस खड्का र शहन अदीशाले पनि समान १-१ विकेट लिए।

यसअघि भैरहवाका कप्तान शरद भेष्वाकरले टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंग गरेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १४९ रन बनाएको थियो।

 बिराटनगरको इनिंगमा अन्शुमान राथले ५७ रनको योगदान गरे। ५० बल सामना गरेका राथले हरिशंकर साहको बलमा बोल्ड हुनअघि ८ चौका प्रहार गरेका थिए। मात्र ९ रन जोड्दा आशिफ शेखको रुपमा पहिलो विकेट गुमाएको बिराटनगरको इनिंगलाई बाबर हायात र अन्शुमान राथको साझेदारीले उकासेको थियो। राथ र हयातले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरे।

हिजोको खेलमा विस्फोटक ब्याटिंग गरेका हयातले आज भने सम्हालिएर खेलेका थिए। हरिशंकर साहको बलमा बोल्ड हुनअघि उनले ३५ बलमा २ चौका र १ छक्काको मद्धतमा ३६ रन बनाए। यस्तै कप्तान पारस खड्काले १५, प्रणित थापा मगरले १४ र कारण केसीले पनि ११ रनको योगदान दिएका थिए।

 बलिंगतर्फ भैरहवाका लागि हरिशंकर साहले ४ ओभर बलिंग गर्दै ३५ रन खर्चेर ३ विकेट लिए। यस्तै एक ओभरमात्र बलिंग गरेका आरिफ शेखले १२ रन खर्चेर २ विकेट लिएका थिए। आरिफको एक ओभरमा पारस खड्का र प्रणित थापा मगर पभेलीयन फर्किएका थिए। बिचका ओभरमा अन्शुमान राथ र बाबर हयातले साझेदारी गरेपनि अन्तिमका ओभरहरुमा भैरहवाले लगातार रुपमा विकेट लिंदा बिराटनगर ठुलो स्कोर बनाउन बाट रोकिएको थियो।

उत्कृस्ट बलिंग गरेका अभिनाश कर्ण खेलको म्यान अफ दि म्याच चुनिएका थिए। आजको दोस्रो खेलमा अहिले चितवन टाईगर्स र ललितपुर प्याट्रीयट्स भिड्दै छन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]