ब्रुकको शतकमा इङ्ल्याण्डको जित, क्यानडाको सुपर-८ सम्भावना कायमै

  • विकेटनेपाल, माघ-४ – शुक्रबार 

न्युजिल्याण्डमा जारि अन्डर-१९ विश्वकप क्रिकेटमा बिहिबार सम्पन्न समुह ‘सी’ अन्तर्गत २ खेलमा इंग्ल्याण्ड र क्यानडाले जित हात पारेका छन्।

ब्रुकको शतकमा इंग्ल्यान्डको जित  

खेलमा बंगलादेशले दिएको १७६ रनको लक्ष्य इंगलिस टोलिले मात्र २९.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्यो। इंगल्याण्डको जितमा कप्तान ह्यारी ब्रुकले अविजित शतक बनाए।

दुवै ओपनरलाई चाडै गुमाएको इंगल्याण्डका लागि कप्तान ब्रुकले शतक बनाउने क्रममा १३ चौका र ३ छक्का प्रहार गर्दै ८४ बलमा १०२ रन जोडे। यस्तै एयुन उड्सले अविजित ४८ रन जोडे। बंगलादेशको बलिंगतर्फ हसन महमुद, क्वजी ओनिक र नयिमले समान १-१ विकेट लिए।

पहिले ब्याटिंग गरेको बंगलादेशले ४९.२ ओभरमा सबै विकेट गुमाउदै १७५ रन जोडेको थियो। उसका लागि अफिफ हुसैनले ६३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। इंग्ल्याण्डका एयुन उड्स र इथान बम्बेरले समान ३-३ विकेट लिएका थिए।

क्यानडाको पहिलो जित 

आजै सम्पन्न अर्को खेलमा भने क्यानडाले नामिबिया माथि ४ विकेटको शानदार जित हात पार्यो।

नामिबियाले दिएको १९४ रनको लक्ष्य पछ्याएको क्यानेडाले ६ विकेट गुमाउँदै नतिजा आफ्नो हात पार्यो। क्यानडाको जितमा कप्तान अर्स्लन खानले ७२, आकाश गिलले ५२ तथा केभिन सिंहले अविजित ५० रन जोडे। नामिबियाका लागि पेत्रुस बर्गर र शन् फौचेले समान २-२ विकेट लिए।

पहिले ब्याटिंग गरेको नामिबियाले भने खराब प्रदर्शन गर्दै १९३ रन मात्र जोडेको थियो। कप्तान लोहन लौरेन्सले ३८, एबेन भेन व्येकले ३२ तथा एरीच भेन मोल्लेंडोर्फ़ले ३० रन जोडेका थिए। क्यानडाका आकाश गिलले ४ विकेट लिंदा अरण पथामन्थान र रिशिभ जोशी समान २-२ विकेट निकालेका थिए।

समुह ‘सी’ अंक तालिका 

समुह ‘सी’ बाट प्रतियोगिताको सुपर-८ चरण पुग्ने टिमको निर्णय क्यानडा र इंग्ल्यान्ड बीच हुने अन्तिम खेलले गर्नेछ। इंग्ल्याण्ड जितेको खण्डमा स्वतः इंग्ल्याण्ड र बंगलादेश दोश्रो चरण प्रवेश गर्नेछ भने क्यानडाले जित हात पारे नेट रनरेटको आधारमा दुई टिम मध्ये १ सुपर-८ को लागि छनौट हुनेछ।

सुपर-८ चरणमा हालसम्म समुह ‘ए’ बाट न्युजिल्याण्ड र दक्षिण अफ्रीका तथा समुह ‘डी’ बाट अफगानिस्तान पुगीसकेको छ।

शुक्रबारको खेलहरु :- 

पाकिस्तान Vs श्रीलंका
अस्ट्रेलिया Vs पपुवा न्यु गिनी
भारत Vs जिम्बाबे





थप समाचार

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]

एनपीएल : रोमाञ्चक खेलमा कर्णालीद्वारा बिराटनगर पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले […]

एनपीएलमा सुदूरपश्चिम रोयल्सको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा […]

एनपीएल : पोखरालाई पराजित गर्दै जनकपुरको लगातार तेश्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा […]

एनपीएल : काठमाडौँ र बिराटनगर विजयी

नेपाल प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दुई खेलमा काठमाडौँ गुर्खाज र बिराटनगर किंग्स विजयी भएका छन्। दुवै टिमको यो पहिलो […]