तोमरले सानदार इनिंग खेल्दा काठमाण्डौको दोस्रो जित, बिराटनगर ५ विकेटले पराजित

Gaurav Tomar
  • विकेटनेपाल-१२ कार्तिक, सोमबार

पोखरा प्रिमियर लिगमा ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाण्डौ रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ। चौथो दिनको पहिलो खेलमा रोयल्सले बिराटनगर टाईटन्सलाई ५ विकेटले पराजित गर्यो।

रोमाञ्चक खेलको अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा काठमाण्डौका अमर सिंह रौटेलाले जितेन्द्र मुखियाले गरेको दोस्रो बलमा ६ रन प्रहार गर्दै टोलीलाई जित दिलाए।

यसअघि काठमाण्डौको इनिंगमा गौरभ तोमरले सर्वाधिक ६६ रनको योगदान गर्दै टोलीलाई जितको सहज स्थितिमा पुर्याउन सफल भएका थिए। लगातार दोस्रो खेलमा अर्धशतक बनाउने क्रममा उनले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

Gaurav Tomar
Gaurav Tomar

दुई ओभरमा जितका लागि १९ रन बाँकीहुँदा बिराटनगरका कप्तान सन्दिप लामिछानेले उत्कृस्ट १९औं ओभर बलिङ्ग गर्दै टोलीलाई जितको आशा देखाएका थिए। सो ओभरमा सन्दिपले ७ रन खर्चिएर क्रिजमा जमेका गौरभ तोमरलाई पभेलियन फर्काएका थिए।

सो पश्चात अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यकहुँदा अमर सिंह रौटेलाले पहिलो बलमा २ रन तथा दोस्रो बलमा ६ रन जोड्दै टोलीलाई जित दिलाए।

बिराटनगरको बलिङ्गमा शाहव आलमले सर्वाधिक २ विकेट चट्काए। यस्तै कप्तान सन्दिप लामिछानेसंगै किशोर महतो र जितेन्द्र मुखियाको नाममा समान १-१ विकेट रह्यो।

यसअघि खेलमा पहिलो इनिंगको समाप्तिमा बिराटनगर टाईटन्सले ७ विकेट गुमाएर १४९ रन जोडेको थियो।

बिराटनगर टाईटन्सका लागि बिदेशी खेलाडी मोहम्मद जैद आलमले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै राजेश पुलामीले तथा सुनिल धमलाले समान व्यक्तिगत ३०-३० रनको योगदान गरेका थिए ।

व्यक्तिगत १ रनको स्कोरमा बसन्त रेग्मीको हातबाट क्याच छुटेपछि जिवन दान पाएका जैद आलमले त्यसपश्चात बिष्फोटक ब्याटिंग गर्दै ६७ रन बनाए।

Mohammad Zaid Aalam
Zaid Alam

४७ बल खेलेका आलमले ७ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यसक्रममा उनले सुनिल धमलासंग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै टोलीलाई उत्कृस्ट सुरुवात दिलाए। धमला व्यक्तिगत ३० रनमा सुशन भारिको शिकार बनेका थिए।

यस्तै राजेश पुलामीले २७ बलमा १ चौका र समान छक्का सहित ३० रन जोडेका थिए।

आलम, धमला र पुलामी बाहेक बिराटनगरका अन्य ब्याट्समेनहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

काठमाण्डौको बलिङ्गमा सुशन भारी, बसन्त रेग्मी र गौरभ तोमरले समान २-२ विकेट हात पारेका थिए।

Susan Bhari
Susan Bhari
Basanta Regmi
Basanta Regmi
Gaurav Tomar
Gaurav Tomar

 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]