रोमान्चक खेलमा बुद्ध क्रिकेट क्लबको १ विकेटको जित : रुपन्देही सुपर लिग

  • विकेटनेपाल-भैरहवा, २६ माघ ।

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट अन्तर्गत बुधबार सम्पन्न समुह ‘बि’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल-११ टिम माथि एक विकेटको रोमांचक जित हात पारेको छ ।

बुद्धले जितसंगै समूहको नतिजा पनि रोमाञ्चक बन्न पुगेको छ l अब सेमिफाइनल पुग्ने र रेलिगेशनमा पर्ने टिमको टुंगो शिबशक्ति क्रिकेट क्लब र बुटवल ११ बिचको अन्तिम खेलले लगाउने छ।

बुधबार सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिंग गरेको बुटवलले निर्धारित ४० ओभरको खेलमा ३१.१ ओभरमा सबै विकेट गुमाई १ सय २१ रनको सामान्य योगफल खडा गरेको थियो। बुटवलको लागि उमेश गौतमले ३२, प्रथम पराजुलीले २७ र तौसिब आलमले १९ रन बनाए।

प्रतिउत्तरमा जितका लागि १ सय २२ रनको योगफल पछ्याउने क्रममा बुद्ध क्रिकेट क्लबले ३६.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरी जित हासिल गर्न सफल भयो । बुद्धको जितमा अर्जुन चौधरीले ३४, मधु गुप्ताले २५ र मनिष चौधरीले २० रन बनाए । यस अघि बुटवललाई सस्तैमा समेट्ने क्रममा बुद्धका परवेज चौधरी र मनिष चौधरीले समान ४/४ विकट लिएका थिए l

उता बुटवलका एजाज अहम्मदले ३, सुधन श्रेष्ठ र तौसिब आलमले २/२ विकेट लिएका थिए । खेलमा बुद्धका मनिष चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत २७ गते बिहीबार समुह ‘ए’ का लुम्बिनी खुकुरी क्लब र देबदह क्रिकेट युनिट बिच प्रतिस्पर्धा हुने छ । रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।

यस अघिको खेलहरुबारे समाचार यो लिंकमा 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]