नेपाल ४२ रनले पराजित

काठमाडाैँ। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत आफ्नाे पहिलाे खेलमा नेपाल नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएकाे छ।

नर्दर्नले दिएकाे १७८ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्याे।

नेपालका कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। २६ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। गुल्शनकुमार झाले १० बलमा दुई चौका र दुई छक्कासहित २६ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, दीपेन्द्रसिंह ऐरी १९ र आशिफ शेख ११ रनमा आउट भए।

नर्दर्न टोरिटोरीका म्याट ह्यामन्डले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले एक मेडनसहित तीन विकेट लिए। केन रिचर्डसनले २ विकेट लिँदा थोमस एन्ड्रयुज र हामिश मार्टिनको नाममा समान एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ थालेकाे नर्दर्नले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएपछि नेपालले १७८ रनकाे लक्ष्य पाएकाे हाे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy