काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्र कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरुको नयाँ ग्रेडिङ गरेको छ।
पुरुषतर्फ ३३ जना तथा महिलातर्फ १९ जना खेलाडी ग्रेडिङमा समेटिएका छन्।
पुरुषतर्फ ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँचवटा समूहमा खेलाडीहरुलाई बाँडिएको छ। ए ग्रेडमा पाँच र बी ग्रेडमा पाँच खेलाडी छन्। यस्तै सी मा चारजना र डीमा १२ जना खेलाडी समेटिएको छ। इमर्जिङमा ७ जना परेका छन्।
ए ग्रेडमा परेकाले एक लाख रुपैयाँ पाउने छन्। यस्तै बी, सी डीले क्रमशः ७० हजार, ५५ हजार र ३५ हजार मानसिक पारिश्रमिक पाउने क्यानले जनाएको छ इमर्जिङ खेलाडीलाई २५ हजार मासिक दिइनेछ।
महिला खेलाडी :
ग्रेड ‘ए’ – इन्दु बर्मा, पुजा महतो, रुविना क्षेत्री र सीता रानामगर
ग्रेड ‘बी’– कविता जोशी
ग्रेड ‘सी’ – कविता कुवँर र सम्झनाकुमारी खड्का
ग्रेड ‘डी’ – विन्दु रावल, अलिशाकुमारी यादव, मनीषा कुमारी उपाध्याय, साना प्रविन, रिया शर्मा, सीमाना के।सी।
कृष्णा गुरुङ, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, ज्योत्सनिका मरासिनी र रचनाकुमारी चौधरी
पुरुष खेलाडी :
ग्रेड ‘ए’ – रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिष शेख
ग्रेड ‘बी’ – कुशल भुर्तेल, गुलशन कुमार झा, करन केसी, ललितनारायण राजवंशी र अनिलकुमार साह
ग्रेड ‘सी’ – सन्दीप जोरा, आरिफ शेख, भिम सार्की र कुशल मल्ल
ग्रेड ‘डी’ – सागर ढकाल, लोकशबहादुर बम, साहव आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव
उदीयमान– दीपेश प्रसाद कडेँल (कोशी), रुपेशकुमार सिंह (मधेश), शुभ कंसाकार (बागमती), अर्जुन कुमाल (गण्डकी), सन्तोष यादव (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुरपश्चिम)