नेपाल र नेदरल्यान्डस भिड्दै

काठमाडौं । बिहीबारदेखि त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ। नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ।

बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। आइसीसी वरीयतामा १६औं स्थानमा रहेको नेदरल्यान्ड्ससँग नेपालले पहिलोपल्ट खेल खेल्न लागेको हो।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको ट्रफी बुधबार सार्वजनिक गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy